छिल्लीकोट पदयात्रा २०८२ हुने

दाङ । छिल्लीकोट पदयात्रा २०८२ हुने हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९  छिल्लीकोटमा रहेका  पर्यटकिय एवंम् ऐतिहासिक स्थलको  प्रर्वधन गर्ने उदेश्यले पदयात्रा हुन लागेको हो। पत्रकारहरु खेमराज रिजाल, जनक नेपाली, गोकर्ण पौडेल, राकेश बस्नेत, गिरीराज नेपालीको पहलमा पदयात्रा हुन लागेको हो । पदयात्रा यहीँ  कार्तिक ७ गते बिहान ५ बजे संक्राम स्कुलबाट सुरु हुनेछ । […]

दसैँ सकिए पनि ‘सखिया नाच’ को रौनकता कायमै

दाङ। दसैँ सकिए पनि थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रौनक भने अझै सकिएको छैन । दसैँभन्दा अघि सुरु भएको सो नाच दसैँ सकिएपछि पनि बाँके र बर्दियाका थारु गाउँबस्तीमा अझै जारी छ । सखिया नाचिने थारू गाउँमा दसैँ सकिए पनि सो नाच अझै जारी नै रहेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र थारु जानकारी दिए […]

देशभर कुनै मौसम प्रणालीको प्रभाव छैन

काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको […]

दसैंपछि भारी वर्षा हुने सम्भावना

काठमाडौं। यसपालिको दसैंपछि भारी वर्षा हुने मौसमविदहरुले बताएका छन्। अहिले पनि गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार (नवमी) र बिहीबार (दशमी) को दिन पनि उल्लेख्य वर्षाको सम्भावना व्यक्त गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका […]

विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकबाट बहुमतले विधेयक पारित गरेको हो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन्। विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन […]

असोज १ गतेदेखि इम्बोस्ड नम्बर जडान अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर जडान अनिवार्य गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो । विभागले सूचनामा भनेको छ, ‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य […]

इप्रका खिलतपुरले सार्वजनिक गर्यो वार्षिक कार्यप्रगति, ४५ मुद्दा कारबाहीका लागि सिफारिस

दाङ । इलाका प्रहरी कार्यालय खिलतपुरले शनिबार पत्रकार सम्मेलन गरेर वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले विगत एक वर्षमा भएका घटना तथा कार्यालयका पहलहरूको प्रतिवेदन सार्वजनिक गरेका हुन् । कार्यालयको जिम्मेवारी क्षेत्रमा दाङको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर–१ पर्छन् । उक्त क्षेत्रमा बालविवाह, बहुविवाह, घरेलु हिंसा, करणी, […]

सुन भाउ तोलामा १३ सय रुपैयाँ घट्यो

काठमाडौँ । मंगलबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ […]

नाउपाको अध्यक्षमा लालवीर चयन

दाङ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्यसमेत रहेका नाउपा संरक्षक रेशम चौधरीका बाबु लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका हुन् । पार्टीभित्र विवाद बढिरहेको बेला […]

आज नागपञ्चमी मनाइँदै

काठमाडौँ । आज नागपञ्चमी पर्व मनाइदै छ। परम्पराअनुसारा नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं […]