कुलिङ पिरियड हेरफेरमा ममाथि पनि छानबिन होस्ः सभापति खतिवडा

अन्य ट्रेन्डिङ समाचार

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड हेरफेरबारे आफूमाथि पनि शंका छ भने छानबिन गर्न भनेका छन्।

मंगलबार सभामुख देवराज घिमिरेको ध्यानकर्षण गरेर बाहिरिने क्रममा उनले कुलिङ पिरियड हेरफेरमा को संलग्न छ भनेर छानबिन हुनुपर्ने बताए।

‘कुलिङ पिरियडबारे निजामती कर्मचारी वा अन्य सरकारी कर्मचारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकासको मितिले २ वर्ष पूरा अवधि नभइकने, कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भन्ने हामीले उल्लेख गरेका थियौं। यही नै मूल मर्म थियो। त्यसको मुनि एउटा दफा थपिएर सदनमा पछिबाट गएको हामीले फेला पार्‍यौं,’ उनले भने, ‘यो कसको गल्तीबाट भएको छ, कसले गर्‍योरु त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने।

आजै सभामुखलाई ध्यानाकर्षण गराउँदा कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूलाई पनि आमन्त्रण गरेको तर सहभागी नभएको उनले बताए।

‘हामीले सभामुख कहाँ बोलाउँदा पनि उहाँहरू उपस्थित हुनुभएन। यो गम्भीर प्रहार हो। यत्रो गल्ती कानुन बनाउने कुरामा कहीँ हुँदैन। यसमा हामी छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौं। कानुन निर्माणको प्रक्रिया करिबकरिब समाप्त भएको हो। म आफैमाथि पनि छ भने छानबिन गरियोस्। लामो छलफल गरेर हामीले सहमति भएको विषय कसरी परिवर्तन भयो, यसमा छानबिन हुनुपर्छ,’ उनले भने।

सभापति खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *