स्वास्थ्य क्षेत्रका अप्ठ्याराहरुलाई सहज बनाउन प्रदेश सरकारले भूमिका खेल्ने : मुख्यमन्त्री आचार्य

अन्य ट्रेन्डिङ समाचार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा देखिएका अप्ठ्याराहरुलाई सहज वातावरण बनाउन प्रदेश सरकारले भूमिका खेल्ने बताएका छन् । राप्ती लाइफ केयर हस्पिटल प्रालिको १८ औं वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले हस्पिटल स्थापना भएको छोटो समयमा प्रगतिको पथमा अब्बल सविता भएको बताए । उनले विशेषगरी पुरानो राप्तीलाई केन्द्रिकृत गरेर स्वास्थ्य क्षेत्रका सर्वसुलभ ढंगले सेवा दिने र विद्यार्थीहरुलाई पढाउने उद्देश्य बोकेर हस्पिटलको सुरुवात गरेकोमा पूर्ण सफलताको शुभकामना पनि व्यक्त गरेको थिए ।

‘अहिले स्वास्थ्य क्षेत्र व्यक्तिको जीवनसँग गाँसिएको छ, यो संवेदनशील क्षेत्र पनि भएको कारणले राज्यले हस्पिटललाई अवलम्बन गरेका नीति नियमलाई पालना गर्दैै अघि बढेको र भावी दिनहरुमा पनि ती नीति नियमलाई कार्यान्वयन गर्दै अघि बढ्ने कुरा प्रदेश सरकारले विश्वास लिएको छ ।’ मुख्यमन्त्री आचार्यले भने ‘प्राइभेट सेक्टरलाई निरुत्साहित बनाउने ढंगले नीति नियमहरु बनेका छन् भनेर गुनासो आएको र तीे गुनासो यथार्थ छन भने सरकारले नीजि क्षेत्रलाई पनि सँगसँगै हातेमालो गर्दै अघि बढ्न खोजिरहेको छ ।’

त्यस्तै उनले प्राइभेट सेक्टरका लागि लगानी गर्ने उचित खालको वातावरण तयार गरेको र निजी क्षेत्रमा उत्साहित भइ लागानी गर्न प्रदेश सरकारले आग्रह गरेको बताए । राप्ती लाइफ केयर हस्पिटल प्रालिका कार्यकारी अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उक्त अवसरमा रिजालले हस्पिटलको चीनारी प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधिहरुले बोलेका थिए भने स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

हस्पिटलका सञ्चालक दोर्ण बहादुर वलीको स्वागत मन्तव्याट सुरु भएको कार्यक्रमको सञ्चालक हस्पिटलका निर्देशक जीवन भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *