भोलि विहान ७ बजे अरनिको मैदानबाट वाकाथान सुरु हुने

अन्य ट्रेन्डिङ समाचार स्वास्थ्य

तुलसीपुर । तुलसीपुरको अरनिको मैदानबाट भोलि विहान ७ बजे वाकाथान सुरु हुने भएको छ । वाकाथानका अभियान्ता एवं बाल विशेषज्ञ डा. किशोर खत्रीले फागुन ७ गते, विहान ७ बजे, ७ किमि हिड्ने अभियान सुरु हुने जानकारी दिए । अरनिको मैदानबाट एयरपोर्टसम्म वाकाथान हुनेछ ।

मंगलबार रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियान्ता खत्रीले मानव शरीरलाई स्वस्थ बनाउन दैनिक विहानको समयमा कम्तिमा ४५ मिनेट हिड्नु पर्ने बताए । वाकाथान अभियानलाई चिनाउन, सार्थकता दिन र समग्र दाङलाई चिनाउने लोगोसहितको टिसर्ट लगाएर वाकाथानमा सहभागी हुज सबैमा आग्रह गरेका छन् ।

विहानीको समयमा हिड्दा आनन्दमयको हर्माेनहरु निस्कने र शरीरमा नाकारात्मक तत्वहरु स्वास, पसिना, दिसापिसान निस्कने हुँदा शरीर स्वस्थ रहने बताए । ‘आयु लम्व्याउनको लागि र बाँच्नको लागि एक मात्र उपाय भनेको विहानको हिडाइ खोप हो ।’ उनले भने । ‘सबैजना वर्षाैदेखि हिड्नु भएको छ तर भोलिको हिडाइ भनेको समाजलाई सुनाउन, देखाउनको लागि हो ।’

बिहानीको समयलाई सदुपयोग गर्दै आमनागरिकलाई बिहानको समयमा हिड्ने बानी बसाली स्वस्थ नागरिक बनाउने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनको भर्ना छ । मानव जातिलाई आवश्यक हुने राष्ट्रिय अभियान वाकाथानमा सहभागी हुन महानायक राजेश हमाल, म्याराथानका धाबा हरि रोकाय आउन लागेको खत्रीले जानकारी दिए ।

उक्त कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसाल, रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीले बोलेका थिए । पत्रकार सम्मेलनको सहजीकरण रिपोर्टस क्लब दाङका महासचिव बिमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *