सल्यान। सल्यानमा १८ गतेदेखि जारी दोस्रो बृहत महोत्सवको स्टलमा भीषण आगलागी भएको छ । महोत्सव सुरु भएको आठौं दिन राति व्यापारिक स्टलमा लागेको आगोले करोडौं मुल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
महोत्सव स्टलमा अचानक आगलागी हुँदा विभिन्न व्यवसायिक स्टल, उपकरण, र सामग्री जलेर नष्ट भएका छन् । आगलागीको कारण अझै खुल्न सकेको छैन भने यस बारेमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।
दमकल, सुरक्षाकर्मी, र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइए पनि ठूलो मात्रामा आर्थिक क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।
