जनता संस्कृत मावि बिजौरीका विद्यार्थीहरुले एचपिभि खोप लगाए (तस्बीरहरु)

ट्रेन्डिङ समाचार स्वास्थ्य

बिजौरी । तुलसीपुर वडा नम्बर १८ बिजौरी स्थित जनता संस्कृत माविका कक्षा ६ देखि १० सम्मका किशोरीहरु पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाएका छन् ।

विद्यालयका कक्षा ६ देखि १० सम्मका १७० जना छात्राहरुले एचपिभि खोप लगाएका हुन् । मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सुरु भएको छ ।

माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन भएको हो । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप निःशुल्क दिन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *