महोत्सवमा उत्साहको माहोल, रचनासँगै दर्शक पनि नाचे

तुलसीपुर । तुलसीपुरमा जारी दोस्रो महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसी लगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा माहोल झन् रमाइलो बनेको थियो। सम्झिने पानी छम्किने… फोटो फ्रेममा… लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै उनले दर्शकहरूलाई नचाउन सफल भइन्। उनको प्रस्तुतिसँगै उपस्थित दर्शकहरू उत्साहित बने, […]

तुलसीपुर महोत्सवमा टिकट किन्दा एनसिएल सिम सित्तैमा

तुलसीपुर । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि सुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको अवस्थामा दर्शकले थप सेवा पाउने भएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा आउने र प्रबेश टिकट […]

तुलसीपुर महोत्सव आज ‘हाउसफूल’

दाङ । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा हेर्न हजारौं दर्शक उपस्थित भएका छन् । चौहानले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो । एलिनाले ‘धोकेबाज हौ तिमी’, ‘दुश्मन हेरेको हेरेइ’, ‘मिनिरल वाटर’ जस्ता चर्चित गीतहरू गाएपछि दर्शकहरू झुमेका थिए । आज कार्यक्रमस्थलमा दर्शकको उपस्थिति उल्लेखनीय […]

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहान आउँदै

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज पनि चर्चित कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार चौहानसहितका कलाकारको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए । गायिका चौहानसहित गायक रमेश शर्मा, शिव संगित लगायतका कलाकारको प्रस्तुति संयोजक खड्काले बताए । तुलसीपुरमा फागुन १ गतेदेखि दोस्रो तुलसीपुर महोत्सव शुरु भएको हो […]

तुलसीपुर महोत्सवमा दैनिक रौनक बढ्दै, भोलि एलिना चौहान आउँदै

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । महोत्सवको दर्शकको सहभागीता बढ्दै गएपछि रौनकता बढ्दै गएको हो । महोत्सवमा आज पाँचौँ दिन पनि दर्शकको अत्याधिक भिडभाड रहेको थियो । आज चर्चित लोकगायक प्रकाश दुतराजको धमाकेदार प्रस्तुतीले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । सांगीतिक कार्यक्रममा उहाँले आफ्ना चर्चित गीतहरू प्रस्तुत […]

तुलसीपुर महोत्सवमा चर्चित गायक रमेशराज भट्टराईको प्रस्तुतिमा दर्शक झुमे

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए । गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाए । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उनको आकर्षक प्रस्तुतीकरणले माहोललाई […]

देशभर ‘दुखी आत्मा’ र ‘रंगी’ फिल्म प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि हलमा दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् । ‘दुखी आत्मा’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो भने ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् । यद्यपि, देशभरका फिल्म हल यी दुई फिल्मले मात्र पाएका छैनन् । किनभने अघिल्ला साता रिलिज भएका ‘ममी’, […]

तुलसीपुर महोत्सवको भव्य उद्घाटन

दाङ । दाङको तुलसीपुरमा आजदेखि ‘दोस्रो तुलसीपुर महोत्सव २०८१’ सुरु भएको छ। ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको भव्य उद्घाटन समेत गरिएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख अतिथितामा महोत्सवको भव्य उद्घाटन […]

तुलसीपुर महोत्सवको उद्घाटन उद्योग, वाणिज्य मन्त्री भण्डारीले गर्ने

दाङ । आजबाट सुरु हुन लागेको ‘दोस्रो तुलसीपुर महोत्सव’को उद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भएका छन । दिउँसो १ बजे महोत्सवको विधिवतरूपमा उद्घाटन गरिने मेला मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिए । महोत्सव उद्घाटन अघि ११ बजेदेखि झाँकी तथा शोभा यात्रा गरिने छ । ‘स्वरोजगार, […]

भोलिदेखि ‘दोस्रो तुलसीपुर महोत्सव’

सागर रोका, तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा ‘दोस्रो तुलसीपुर महोत्सव’ भोलिदेखि सञ्चालन हुँदैछ । बुधबार पत्रकार सम्मेलन गरी चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले भोलिदेखि सञ्चालन हुने महोत्सवको ९० प्रतिशत काम सकिएको र रातभरमा सबै काम सकिने जानकारी दिए। उक्त अवसरमा अध्यक्ष भण्डारीले सल्यान महोत्सवमा आगलागीबाट क्षति ब्यहोरेका ब्यवसायीलाई तुलसीपुर महोत्सवमा ५० प्रतिशत छुट दिने […]