लुम्बिनी प्रदेशमा उत्सवका रूपमा मनाइयो निजामती सेवा दिवस

दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार साँझी, प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो । प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै सभामुख घर्तीले सरकारको मेरुदण्ड […]

प्रदेश राजधानी परिसरमा सौन्दर्यपरक बिरुवा रोपियो

दाङ। लुम्बिनी प्रदेश निजामती सेवा दिवस-२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो । वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन […]

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको […]

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार […]

लुम्बिनीको बजेट आज : कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी […]

मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गरेका छन्। लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । `कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन […]

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै

लक्ष्मण बस्नेत, दाङ । दाङ जिल्ला अन्तरपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला खेलकुद बिकास समिति बेल्झुन्डीको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको तत्तावधानमा यहि जेठ १५ गतेदेखि प्रतियोगिता सुरु हुनेछ । जिल्ला खेलकुद बिकास समितिको आइतबार बसेको खेल सम्बन्ध संघका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी सहभागी बैठकले […]

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौं : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन्। राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारे । `हामीले […]

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो […]

प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन्। २५६९औं बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आएका हुन्। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी […]