सरकारले स्वर्गद्वारी गुठीका मोही किसानको समस्या समाधान नगरी दमनमा उत्रियो : रेखा शर्मा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले स्वर्गद्वारी गुठीका मोही किसानको समस्या समाधान नगरी दमनमा उत्रिएको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद शर्माले काठमाडौं आएर आन्दोलन गरेको ३२ दिन बितिसक्दा पनि सरकारले उनीहरूमाथि दमन गरेको आरोप लगाएकी हुन्। ‘आइतबार प्रहरी र आन्दोलित मोही किसानबीच झडप भयो। […]
