नख्खु कारागारको ४ सय बढी कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि
काठमाडौं । भैरहवा कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय बढी कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ । आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । […]
