सामुदायिक विद्यालयले अन्तर्राष्ट्रियरुपमा चिनाउने गरी विद्यार्थी उत्पादन गर्नुपर्छ : पुर्वमुख्यमन्त्री चौधरी

तुलसीपुर। लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिल्ली बहादुर चौधरीले सामुदायिक विद्यालयले अन्तर्राष्ट्रियरुपमा चिनाउने गरी विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन्। माध्यमिक विद्यालय दोघरेको ५० औँ बार्षिकोत्सव (स्वर्ण महोत्सव) समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयहरुको आफ्नै मूल्य मान्यताहरु रहेको बताउँदै मुख्यमन्त्री चौधरीले सामुदायिक विद्यालय निस्वार्थ शिक्षा उत्पादन गर्ने संस्था भएको […]