दाङमा २४ किलो ७१० ग्राम चरेससहित ३ जना पक्राउ

दाङ । घोराहीमा बुधबार राति २४ किलो ७ सय १० ग्राम चरेससहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता इश्वर थापाको कमाण्डमा खटिएको टोलीले घोराही उपमहानगरपालिका–१३ सिर्जनशील टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही–१३ सिर्जनशील टोलमा कोठा भाडा लिई बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–२ का ३९ वर्षीय निमबहादुर […]