आज प्रतिनिधि सभामा ५ अध्यादेश पेस हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची […]

बुधवार बस्ने संसद् बैठकमा उपस्थित हुन कांग्रेस र एमालेका संसद्लाई ह्विप

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बुधबार बस्ने संसद्को बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन् । बुधबारको संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले एमएमएस गरेर सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् । सरकारले […]

सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुन्छ : एमाले महासचिव पोखरेल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने बताएका छन् । मुख्यतः देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएको चर्चा गर्दै उनले सबैको सहमतिमै अध्यादेशहरू पारित हुने बताएका हुन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहयोगमा […]

सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । गृहमन्त्री रमेश लेखकले बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुने बताएका छन् । उनकाअनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका […]

अध्यादेशको पक्षमा उभिन कांग्रेस–एमालेका संसदलाईहरु ह्विप

काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठकमा अध्यादेश प्रस्तुत गरिने भएको छ । बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ दल कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले सांसदहरूलाई अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् । […]