बालेनले कार्यपालिका बैठक बोलाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने टुंगो भएको वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए। उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । यी प्रक्रिया पूरा गरेपछि […]

नेप्से परिसूचक २५.८९ अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २५.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको हो ।  बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ […]

भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातमा एक पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यामका अनुसार बडोदरा जिल्लामा माही नदी (महीसागर)मा बनेको पुरानो पुल बुधबार बिहान अचानक भत्किएको हो। बडोदराका कलेक्टर अनिल धमेलियाले दुर्घटनामा नौ जनाको मृत्यु भएको र छ जना घाइतेको अस्पतालमा उपचार भइरहेको बताएका छन्। पुलको बीचको भाग […]

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको […]

राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा सडक सुधारका लागि अपील

तुलसीपुर । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चले सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बहादुर बिष्टलाई सडक सुधार र आवश्यक समन्वयका लागि अपील गरेको छ। मञ्चले मंगलवार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा पर्ने विभिन्न सडक खण्डहरूमा खाल्डाखुल्डी, ट्राफिक संकेतको अभाव र अन्य समस्याहरूले सर्वसाधारणको दैनिक […]

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आजै प्रकाशित हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताए । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो […]

इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने काम गरिरहेको बताइन् । इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका […]

एसईईको नतिजा असार तेस्रो साता प्रकाशित गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो । गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । राष्ट्रिय परीक्षा […]

देशभर मनसुनी वायु सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा चट्याङसहित हल्कादेखि […]

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनको मूल्य पनि बढ्यो

काठमाडौं । चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । गत सोमबारको उच्च मूल्य रेकर्ड बुधबार नै तोडिएको छ । यस दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार २ हजार १६० तथा सोमबार २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । […]