नख्खु कारागारको ४ सय बढी कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

काठमाडौं । भैरहवा कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय बढी कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ । आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । […]

रवि बसेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली लगाइयो

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको कारागार कार्यालय रूपन्देहीको कोठाको झ्यालमा राखिएको प्लाइउड हटाएर जाली राखिएको छ। संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको कारागार कार्यालय रूपन्देहीले जानकारी दिएको छ । बिहीबार कारागार कार्यालय रूपन्देहीका प्रशासक सुरेश भण्डारीले विज्ञप्ति जारी गर्दै […]

रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएकोमा आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन […]

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल […]

रविलाई ५४ लाख धरौटीमा छाड्न आदेश

चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित […]

रविलाई हिरासतमा राख्न अदालतको आदेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधबार अदालतले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोली ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई […]

रवि लामिछाने सभामुखलाई भेट्न सिंहदरबार पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार पुगेका छन् । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि सभापति लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका हुन् । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए। पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको […]

रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुँदै

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने […]

रवि लामिछाने कास्कीबाट रिहा

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने अदालतले तोकेको धरौटी बुझाएर आजै रिहा भएका छन् । कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई ८४ दिनपछि रिहा गर्दै परिवारको जिम्मा लगाएको हो । सूर्यदर्शन सहकारी ठगी […]

धरौटी बुझाए लगत्तै रवीलाई काठमाडौं लगिने

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी बुझाए लगत्तै काठमाडौं लगिने तयारी गरिएको छ । लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताइएको छ । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं लग्नेछ । कास्की बाहेक काठमाडौं, […]