काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज संसदमा पेस नहुने भएका छन् । आज बस्ने दुवै सदनको बैठकमा अध्यादेशहरू निर्माणार्थ पेस गर्ने कार्यसूची थियो । तर, सरकारले अध्यादेशहरू अस्वीकृत हुने देखेपछि निर्माणार्थ पेस गर्ने निर्णयबाट पछि हटेको छ ।
राष्ट्रियसभामा देखिएको अङ्कगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्माणार्थ पेस नहुने एक नेताले बताए । प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ ।
