कपिलवस्तु । कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर यूपी ५५ ए एच ७०९० र लु १० प ४४९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतीय यूपी नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र नेपाली नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन् ।
उनीहरुको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।
