मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते

ट्रेन्डिङ समाचार समाज

बेलझुण्डी । दाङको बेलझुण्डीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तुलसीपुर–घोराही सडकखण्डको तुलसीपुर–१७ बेलझुण्डीमा सोमबार दिउँसो साढे तीन बजेको समयमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु ८८ प ८३९८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको रा २ प ५८१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार दुर्घटनामा परी रा २ प ५८१० नम्बरको मोटरसाइकल चालक रोल्पाको त्रीवेणी गाँउपालिका–७ का ४७ वर्षीय कृष्ण बहादुर डाँगी र लु ८८ प ८३९८ नम्बरका मोटरसाइकल चालक रुपन्देहीको बुटवल–१२ का २७ वर्षीय राम प्रसाद घिमिरे घाइते भएका छन् ।

घिमिरेको हात र टाउकोमा चोट लागेको छ, उहाँको अहिले राप्ती लाइफ केयर अस्पतालामा उपचार भैरहेको छ भने डाँगीको राप्ती पादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

घिमिरेको अवस्था मध्यम छ भने डाँगीको अवस्था सामान्य रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *