पश्चिम दाङको पुरन्धरा झरना पर्यटकीय केन्द्र बन्दै
पुरन्धारा । पश्चिम दाङको बबई गाउँपालिका–५ मा स्थित पुरन्धरा झरना आकर्षक पर्यटकीय स्थल बन्न सफल भएको छ । जिल्लाकै एक महत्वपूर्ण यो झरनाको अवलोकन गर्न टाढा–टाढाबाट दैनिक सयौँ पर्यटक पुग्न थालेका छन् । पैँतालीस फिट उचाइको यो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । सोही दृश्यको अवलोकनका लागि आन्तरिक […]
