३ बजेसम्म मुग्लिन–नारायणगढ सडक खुल्ने सम्भावना

चितवन । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज […]

जिल्ला ट्राफिक कार्यालय दाङमा भौतिक सामग्री सहयोग

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा भएको तोडफोड र आगजनीले सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएपछि कार्यालय पुनः सञ्चालनमा ल्याउन एचआर मिडिया हाउसको पहलमा सहयोग गरिएको थियो। सहयोगस्वरूप कार्यालयलाई दुईवटा दराज, सोफा […]

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो । योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो […]

सरकारले असोज १ गते सार्वजनिक विदा दिएर शोक दिवस मनाउने

काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गरिएको छ ।

सुमना श्रेष्ठले रास्वपा छोडिन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी सुमनाले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी हुन्। रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पार्टी नेतृत्वले गल्तीमाथि गल्ती […]

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख राहत

काठमाडौं । भदौ २४ गते काठमाडौं लगायत देशभर भएको प्रदर्शन क्रममा मृत्यु भएकाहरूको परिवारलाई १०–१० लाख दिने निर्णय भएको छ। आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । प्रदर्शन क्रममा मृत्यु भएकाहरूले सहिद घोषणा गर्ने निर्णय गरेको पनि जानकारी दिइएको छ। प्रदर्शन क्रममा घाइते […]

आजदेखि सुकिला नोट सटही सुरु

काठमाडौं । दसैँका लागि आज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र […]

जेनजी आन्दोलन : मृतकको संख्या ७२ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृतकको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना […]

रेशम चौधरीले नाउपा छोडे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका हुन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए । पछिल्लो समय […]

बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए। प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। […]