Lumbini Live

Follow Us:

Tag: स्वास्थ्यका कुरा

बेलभार स्वास्थ्यचौकीको स्तरोन्नती
Home top, बाँके, स्वास्थ्य

बेलभार स्वास्थ्यचौकीको स्तरोन्नती

नेपालगन्ज–बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित बेलभार स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ । स्वास्थ्य चौकीमा गर्भवती सेवा तथा कर्मचारी आवासका लागि सुविधा सम्पन्न कोठा, सुरक्षित प्रसूति कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण कर्नरलगायतका सुविधा उपलब्ध छन् । जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले की कियोकाई पोका फन्ड, जापानको सहयोगमा आडूा र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) को सहयोगमा स्वास्थ्यचौकीको स्तर वृद्धि गरिएको हो । बेलभार स्वास्थ्य चौकी स्तरोन्नति परियोजना अन्तर्गत दातृ निकायले प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन मर्मत, नवीकरण र उपकरण खरिदमा सहयोग गरेका छन् । स्वास्थ्य चौकीमा नवजात शिशु स्याहारका लागि आवश्यक उपकरणहरुको पनि व्यवस्था भएको परियोजना संयोजक तर्कबहादुर थापाले जानकारी दिनुभयो । निर्माण गरिएको बेलभ...