Lumbini Live

Follow Us:

Tag: सामाजीक बेतिथि

बोक्सीको आरोपमा कुटपिट गरेको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध उजुरी
Home top, बाँके, समाचार

बोक्सीको आरोपमा कुटपिट गरेको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध उजुरी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलकी ५७ बर्षिया आमना खातुनले बोक्सीको आरोपमा आफुमाथि कुटपिट भएको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिनु भएको छ। आफुलाई देख्नासाथ बोक्सी भन्दै गालीगलौज गर्ने र कुटपिट गर्ने घरबारी टोलकै जमुना खातुन र मजुना खातुन विरुद्ध प्रहरीमा जाहेरी दिएको उहाँले बताउनुभयो । बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने र गालीगलौज गर्नेलाई कारवाहीको माग गरि प्रहरीमा उजुरी दिनुभएको हो । उहाँले मुलुकी अपराध संहिता बमोजिम कारबाहीको माग गरेको जानकारी दिनुभयो । लकडाउन शुरु भएपछि नेपालगन्जमा घर भाडा लिएर बस्दै आएकी आमनालाई देख्नासाथ बोक्सी आएको भन्दै गालीगलौज गर्दै आएको पीडित महिलाका पति बकरद्दिन मियाँले बताउनुभयो । उहाँले छिमेकीले अनाहकमा दुःख दिएर हैरान पारेको बताउनुभयो । बोक्सीको आरोपमा गालीगलौज र कुटपिट गरेको भन...