Lumbini Live

Follow Us:

Tag: #माओवादीको वडा अधिवेशन

माओवादीको वडा अधिवेशन : नेपालगन्ज १३ मा मुगबहादुर शाह निर्वाचित
Home top, बाँके, राजनीति, समाचार

माओवादीको वडा अधिवेशन : नेपालगन्ज १३ मा मुगबहादुर शाह निर्वाचित

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को शनिवार सम्पन्न दोस्रो वडा सम्मेलनले नेपालगन्ज उप–महानगरपालिका वडा नं. १३ मा मुगबहादुर शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनबाट उपाध्यक्षमा अनिलकुमार मिश्रा, सचिवमा नुरी शेर्पा, सहसचिवमा हेमराज अधिकारी र कोषाध्यक्षमा मिना शेषलाई चयन हुनुभएको छ । सम्मेलनबाट शाहको नेतृत्वमा २६ सदस्यीय वडा कमिटी सर्वसहमत चयन गरिएको हो । चयन हुनेमा अध्यक्ष शाह र सचिव शेर्पा दोस्रो कार्यकालका लागि पुनः दोहोरिएका हुन् । शाह गत स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका १३ मा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बन्नु भएका शाह थोरै मतले पराजित हुनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले निर्वाचित कमिटीको काँधमा ठूलो जिम्मेवारी आएको ...