जनप्रतिनिधिसँगको भेटघाटमा आयोगका केन्द्रीय सदस्य यादव
भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले बाँकेका स्थानीय तहका जनप्रतिनिधिसँग भूमिसम्बन्धि समस्याका वारेमा छलफल शुरु गर्नुभएको छ ।
पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य यादव गृहजिल्ला बाँके आए लगत्तै जनप्रतिनिधिसँग भेटघाट र छलफलमा जुट्नु भएको हो ।
नेकपा बाँके जिल्ला इन्चार्ज समेत रहनुभएका आयोगका केन्द्रीय सदस्य यादवले शनिवार कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत सहित जनप्रतिनिधिहरुसँग कोहलपुरमा भेटघाट तथा आपसी छलफल गर्नुभएको छ ।
सो अवसरमा बोल्दै उहाँले स्थानीय तहको तथ्यांक तथा अनुभव भूमिहीन नागरिकका समस्या समाधानका लागि महत्वपूर्ण हुने बताउनु भयो । उहाँले आगामी दिनमा स्थानीय तहसँग समन्वयमा रहेर काम गर्ने पनि बताउनुभयो ।स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार घर निर्माण गरेका लाभग्राहीहरुको सम्बन्...