Lumbini Live

Follow Us:

Tag: नेकपा एमाले

जोगागाउँमा के गर्यो एमालेले ?
Home top, बाँके, राजनीति, समाचार

जोगागाउँमा के गर्यो एमालेले ?

नेकपा एमाले बाँकेको सोह्रो पूर्ण बैठक जानकी गाउँपालिकाको बेलभारस्थित जोगागाउँमा सम्पन्न भएको छ । पार्टी कार्यकर्ताको मनोभावना अनुरुप पार्टीको बैठक सदरमुकाम भन्दा बाहिर गर्ने नीति अनुरुप जोगागाउँमा गरिएको अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो । यसअघि एमाले बाँकेले जिल्लाकै दुर्गम मानिने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा बैठक गरिसकेको छ । आगामी बैठक पनि नेपालगन्ज भन्दा बाहिरनै हुने अध्यक्ष ढकालले बताउनुभयो । जोगागाउँमा शनिवार भव्यता पूर्वक सम्पन्न बैठकले एमालेमा विगत लामो समयदेखि संगठित रहँदै आएपनि अहिले विभिन्न कारणबाट आन्दोलन वाहिर रहेका नेता कार्यकर्तालाई पार्टी मुलधारमा फर्कन विशेष पहल गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष ढकालका अनुसार, बैठकले एक कमिटी एक महिना एक जना प्रवेश अभियान संचालन गर्ने, पार्टी विचारलाई जनताको विचमा पुर्याउन र पार्टीले गरेका का...