Lumbini Live

Follow Us:

Tag: दसैंमा जुवा

२९ लाख सहित १० जुवाडे पक्राउ
Home top, बाँके, समाचार

२९ लाख सहित १० जुवाडे पक्राउ

नेपालगन्जमा कटपत्ति जुवा खेलिरहेका १० जुवाडे रु.२९ लाख सहित प्रहरीको फन्दामा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास भईरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराती करिव ८ः३० बजे पुगेको प्रहरी टोलीले छापा मार्दा रु. २९ लाख ४८ हजार सात सय नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, तास खेलिरहेका नेपालगञ्ज ४ निवासी सन्तोष थापा, नविन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, नेपालगञ्ज ६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज १० निवासी टोपबहादुर शाही, नेपालगञ्ज ७ निवासी रविन राणा र नेपालगञ्ज १ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई कानून बमोजिम कानूनी कारबाही अगाडि बढाईएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । ...