बाँकेमा कोरोनाबाट थप एकको मृत्यु
नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट ६२ वर्षीय पुरुषको गएरातीे मृत्यु भएको छ ।
शिक्षण अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको गएराती करिव १२ बजे उपचारकै क्रममा मृत्यु भएको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, फोक्सोमा निमोनिया भएपछि साउन ३२ गते उहाँलाई उपचारको लागि अस्पताल ल्याईएको थियो । कोरोनाको लक्षण देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा सोमवार दिउँसो पोजिटिभ रिपोर्ट आएको थियो ।
मृतकको नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महि...