Lumbini Live

Follow Us:

Tag: उग्ररुप लिदै कोरोना

बाँकेमा कोरोनाबाट १८ वर्षीय किशोरीसहित दुईजनाको मृत्यु
Home top, बाँके, समाचार

बाँकेमा कोरोनाबाट १८ वर्षीय किशोरीसहित दुईजनाको मृत्यु

नेपालगन्ज, १ कार्तिक ःबाँकेमा कोरोनाका कारण १८ वर्षीय किशोरीसहित दुईजनाको गएराती मृत्यु भएको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुषको भेरी अस्पताल र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९, कारकाँदो निवासी १८ वर्षीय किशोरीको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, असोज २५ गते अस्पताल भर्ना हुुनभए भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो । सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा ...