यस्तो छ, सिल गरिएको नेपालगन्जको अवस्था
-हाम्रो समाचार-
नेपालगन्ज । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि नेपालगन्जको मुख्यमुख्य क्षेत्रमा गएरातीदेखि गरिएको सिल प्रभावकारी देखिएको छ ।
नेपालगञ्जको बढी जोखिमयुक्त क्षेत्रलाई सिल गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा निगरानी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । नेपालगञ्ज बजार क्षेत्रमा आज विहानैदेखि कडाई गर्दै अनावश्यक हिँड्डुललाई पूरै नियन्त्रण गरिएको छ ।
सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौताराहुँदै बाँकेगाउँ, बाँकेगाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र मंगलबारसम्म पूर्णरुपमा शिल गरिएको हो ।
सिल गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स,...