कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
–हाम्रो समाचार–
नेपालगन्ज । दैलेखको बिद्युत प्राधिकारण क्वारेन्टाइनमा मृत्यु भएका एकजनामा कोरोना पोजिटिभ देखिएको छ । दैलेखमा मृत्यु भएको एकजना सहित नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको विहान मृत्यु भएपनि दिउँसो मात्र उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले दैलेखमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।
दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका ११ का बासिन्दा हुन् ।
ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए ।
...