Lumbini Live

Follow Us:

Home top

एमाले महासचिव पोखरेललाई नेपालगन्जमा भव्य स्वागत
Home top, बाँके, राजनीति, समाचार

एमाले महासचिव पोखरेललाई नेपालगन्जमा भव्य स्वागत

नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई आज नेपालगन्जमा भव्य स्वागत गरिएको छ ।नेकपा (एमाले)को चितवनमा सम्पन्न १० आंै महाधिवेशनबाट महासचिवको जिम्मेवारी पाए पश्चात पहिलो पटक गृहजिल्ला दाङ जानेक्रममा बाँके पुग्नु भएका महासचिव पोखरेललाई नेपालगन्ज विमानस्थलमा नेकपा एमाले बाँकेको तर्फबाट स्वागत सत्कार गरिएको थियो । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य एवम् बाँके सह इन्चार्ज शान्ति ढकाल, जिल्ला अध्यक्ष निरक गुरुङ, प्रदेश कमिटी सदस्य पदम धिताल, रविन्द्र लम्साल लगायत जिल्ला नेताहरुले महासचिव पोखरेललाई स्वागत गर्नुभएको थियो । महासचिव पोखरेलले नेकपा (एमाले) राप्तीसोनारी गाउँपालिका कमिटीको बैठकलाई सम्वोधन गर्नुभएको छ । सो अवसरमा उहाँले जिल्ला अधिवेशनको तयारीसँगै आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउने लक्ष्यका साथ संगठन सुदृढिकरणमा लाग...
स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि अभिमखिकरण
Home top, शिक्षा

स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि अभिमखिकरण

बर्दिया । बर्दियाको ६ वटा स्थानीय तहका शिक्षाका सरोकारवाला निकायहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धी अभिमुखिकरण गोष्ठी बर्दिया को गुलरियामा शुरु गरिएको छ । ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका,राजापुर नगरपालिका,गुलरिया नगरपालिका,मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षाका सरोकारवाला निकायहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण गोष्ठी बर्दियाको गुलरियामा आजदेखि शुरु गरिएको हो । दुइ दिनसम्म संचालन हुने अभिमुखिकरणमा सहभागी पालीकाहरुले हालसम्म निर्माण गरेका स्थानीय पाठ्यक्रमको अबस्था बारे पालिकास्तरको अन्तरकृया समेत गरिएको छ । कार्यक्रममा पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको बारेमा छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुति गर्ने क...
खजुरा ४ का कोरोना पीडितलाई मिलापको सहयोग
Home top, बाँके, समाचार

खजुरा ४ का कोरोना पीडितलाई मिलापको सहयोग

नेपालगन्ज। कोभिड १९ कोरोना महामारीबाट प्रभावित भएका खजुरा गाउँपालिका वडा नं. ४ निवासी पाँचजनालाई मिलाप बाँकेले आर्थिक सहयोग गरेको छ । कोभिड प्रभावित पीडितको अस्पतालमा उपचार भएको बिल भर्पाइका आधारमा राहात स्वरुप प्रति व्यक्ति रु. २० हजारका दरले सहयोग गरिएको संस्थाकी ,परियोजना टिम लिडर (प्रेमा रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार, शुक्रवार खजुरा गाउँपालिका ४ नं. वडा कार्यालयमा एक समारोहका बीच कोभिड प्रभावित रामबहादुर महतरा, गौरीदेवी सुनार, सावित्री बुढाक्षेत्री, पम्फा क्षेत्री र देउमल सुनारलाई २० हजारका दरले नगद सहयोग गरिएको हो । कोभिड प्रभावितहरुलाई खजुरा गाउँपालिका ४ नं. वडाध्यक्ष तिलकवीर सुनारले चेक हस्तान्तरण गर्दै कोरोना महामारीबाट प्रभावितलाई सम्झेर गाउँमै पुगेर मानवीय सहयोगको कार्य गरेको भन्दै मिलापको प्रशंसा गर्नुभयो ।कोभिडबाट पीडितलार्इ थोरै भए पनि राहत स्वरुप सहयोग ...
आगलागी पीडित गरिवलाललाई एमालेको राहत
Home top, बाँके, राजनीति, समाचार

आगलागी पीडित गरिवलाललाई एमालेको राहत

नेपालगन्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका आगलागी पीडित गरिवलाल थारुलाई नेकपा एमालेले राहत प्रदान गरेको छ । बिनौनाको जुटपानी गाउँमा केही दिन अगाडि आगलागी भई गरिबलाल थारुको घर गोठ,अन्नबाली सबै नष्ट भएकोले पीडितलाई तत्कालको लागि राहत स्वरुप चामल, दाल, नुन, तेल, लत्ता कपडा र रु. ५ हजार ५०० नगद नेकपा एमालेको तर्फबाट प्रदान गरिएको नेकपा एमाले राप्तीसोनारी गाउँपालिका अध्यक्ष मनोज केसीले जानकारी दिनुभयो । एमाले केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालले पीडित थारुलाई राहत प्रदान गर्नुभएको थियो । सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य रामदास थारु, क्षेत्र नं. १ का अध्यक्ष एवम् जिल्ला कमिटी सचिवालय सदस्य बलराम भट्टराई, गाउँपालिका अध्यक्ष मनोज केसी, राष्टिय युवा संघका केन्द्रीय स्थायी कमिटी सदस्य खेम शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । ...
अग्रगामी महिला सहकारीको फड्को,नवौं साधारणसभामा दुईतले भवन उद्घाटन
Home top, अर्थबजार, बाँके, समाचार

अग्रगामी महिला सहकारीको फड्को,नवौं साधारणसभामा दुईतले भवन उद्घाटन

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नंं २० राँझास्थित अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लि.को नवौ वार्षिक साधारणसभा शनिवार भव्य समारोहका बीच सम्पन्न भएको छ । समारोहमा अग्रगामीले कुशल बचत कर्ता एवम् कुशल ऋणीलाई पनि सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेश एवम् जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले महिलाले सञ्चालन गरेको अग्रगामी महिला बचत तथा ऋण सहकारीले सहकारी क्षेत्रमा नामजस्तै अग्रगामी फड्को मार्दै गएको बताउनुभयो । उहाँले छोटो समयमै संस्थालाई स्थापित गर्न सफल भएकोमा संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीको प्रशंसा समेत गर्नुभयो। अग्रगामी सहकारीलाई आवश्यक संस्थागत सबै प्रकारका सहयोगका लागि जिल्ला तथा प्रदेश सहकारी संघ सदैव तत्पर रहेको बताउँदै उहाँले अग्रगामीको अझै सफलताको कामना व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष उषा भण्डा...
खजुरामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान
Home top, बाँके, समाचार

खजुरामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान

खजुरा । खजुरा गाउँपालिकाले ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज खजुरामा विभिन्न कार्यक्रमका साथ मनाईएको छ । गाउँपालिकाले डेक नेपाल बाँके, एच.आई, भी.एस.ओ नेपाल लगायतका सामाजिक संघ–संस्थासँगको समन्वय तथा सहकार्यमा दिवस मनाएको हो । दिवसको अवसर पारेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहजताको लागि व्हिल चियर र लठ्ठी बितरण गरिएको छ । गाउँपालिकाले अभिभावकीय भूमिका निर्वाह गरी अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले खजुरा गाउँपालिकाले विद्यालय, विद्यालयका कक्षाकोठा, स्वास्थ्यकेन्द्र जस्ता पूर्वाधार अपाङ्गगमैत्री निर्माण गरेको बताउदै अपाङ्गता भएका व्यक्तिप्रति गाउँपालिकाले चासो र सम्वेदनशिलताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । खजुरा गाउँपालिका क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई सहभागि गराए...
एमाले महाधिवेशनः केन्द्रीय सदस्यमा शान्ति ढकालको सशक्त दावेदारी
Home top, बाँके, राजनीति, समाचार

एमाले महाधिवेशनः केन्द्रीय सदस्यमा शान्ति ढकालको सशक्त दावेदारी

नेपालगन्ज । नेकपा (एमाले)को नवौ महाधिवेशनमा ६ मतले पराजित हुनुभएकी बाँकेकी महिला नेतृ शान्ति ढकाल यसपटक जित हासिल गर्ने लक्ष्यका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। ‘अघिल्लो महाधिवेशनमा थोरै मतले म पछाडि परेकी थिएँ, तर अहिले जित हासिल गर्नेछु।’ ढकालले हाम्रो समाचारसँग भन्नुभयो–‘केन्द्रीय सदस्यको उम्मेदवार पक्कापक्की भईसक्यो तर, खुल्ला वा कोटाबाट उम्मेदववारी दिने भन्नेवारेमा अग्रज नेता र साथीहरुसँग सल्लाह गरिरहेकी छु ।’ नेकपा (एमाले) तत्कालिन भेरी अञ्चल कमिटीमा दुई कार्यकाल हुँदै अहिले ढकाल पार्टीको लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ । अनेम संघ केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएकी ढकालले बाँकेबाट महिला नेतृत्व स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । सामाजिक संघ–संस्था देखि लिएर समाज सेवामा सदैव क्रियाशिल रहँदै आउनुभएकी शान्ति ढका...
एमाले महाधिवेशनः बाँकेबाट कर्माचार्य जनजाती कोटामा उम्मेदवार
Home top, बाँके, राजनीति, समाचार

एमाले महाधिवेशनः बाँकेबाट कर्माचार्य जनजाती कोटामा उम्मेदवार

नेपालगन्ज । नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाँकेबाट अशोक कर्माचार्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेमा तीन कार्यकाल पार्टी काम गरिसक्नु भएका कर्माचार्य नेकपा एमालेमा अविछिन्न क्रियाशिल व्यक्तित्वका रुपमा रहनुभएको छ। नेकपा विभाजनको बेला संस्थापन पक्षमा खुलेर लाग्नु भएका कर्माचार्यले अन्यौलपूर्ण अवस्थामा एमाले बाँकेलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर साढे चार दशक लामो सक्रिय राजनीतिमा रहनुभएका कर्माचार्यसँगै पाटी काम गरेका सहकर्मी अहिले पार्टीको केन्द्रीय पदाधिकारी भईसकेका छन् । मोफसलमा रहेर जनवादी गित संगीत मार्फत जनता जगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कर्मचार्यले पार्टीको दशौँ महाधिवेशनमा अहिले आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने ...
माओवादीको वडा अधिवेशन : नेपालगन्ज १३ मा मुगबहादुर शाह निर्वाचित
Home top, बाँके, राजनीति, समाचार

माओवादीको वडा अधिवेशन : नेपालगन्ज १३ मा मुगबहादुर शाह निर्वाचित

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को शनिवार सम्पन्न दोस्रो वडा सम्मेलनले नेपालगन्ज उप–महानगरपालिका वडा नं. १३ मा मुगबहादुर शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनबाट उपाध्यक्षमा अनिलकुमार मिश्रा, सचिवमा नुरी शेर्पा, सहसचिवमा हेमराज अधिकारी र कोषाध्यक्षमा मिना शेषलाई चयन हुनुभएको छ । सम्मेलनबाट शाहको नेतृत्वमा २६ सदस्यीय वडा कमिटी सर्वसहमत चयन गरिएको हो । चयन हुनेमा अध्यक्ष शाह र सचिव शेर्पा दोस्रो कार्यकालका लागि पुनः दोहोरिएका हुन् । शाह गत स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका १३ मा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बन्नु भएका शाह थोरै मतले पराजित हुनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले निर्वाचित कमिटीको काँधमा ठूलो जिम्मेवारी आएको ...
शिक्षा र स्वास्थ्यका ऐन संशोधन गर्दै सम्पन्न भयो,जानकीको ११ औं विशेष गाउँसभा
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

शिक्षा र स्वास्थ्यका ऐन संशोधन गर्दै सम्पन्न भयो,जानकीको ११ औं विशेष गाउँसभा

जानकी (बाँके),४ कार्तिक । बाँकेको जानकी गाउँपालिकाले आज ११ आंै विशेष गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालको अध्यक्षतामा भएको विशेष गाउँसभाले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन गरेको छ । गाउँसभामा कार्यवाहक अध्यक्ष धितालले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। उहाँले ऐन संशोधन नभएका कारण शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्न कठिनाई भएकोले विशेष गाउँसभामार्फत संशोधन गरिएको बताउनुभयो । शिक्षा ऐन २०७७ पहिलो संशोधन, स्वास्थ तथा सरसफाई ऐन २०७८, गाउँपालिकाको वडास्तरिय योजना संशोधन र रोजगार शाखाको कार्यक्रम सर्बसहमतिबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका क...