Lumbini Live

Follow Us:

Home top

नेपालगन्ज–१२ मा बिरासत फर्काउने दाउमा एमाले
Home top, Politics, बाँके, राजनीति, समाचार

नेपालगन्ज–१२ मा बिरासत फर्काउने दाउमा एमाले

–लुम्बिनी लाईभ– नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा नेकपा एमालेले विगतको विरासत फिर्ता लिने गरी चुनावी अभियान अगाडि बढाएको छ । २०५४ मा साविक वडा नं. १६ हुँदा नेकपा एमालेको कब्जा रहेको यो वडा ५ वर्ष अघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले भित्रको आन्तरिक किचलोका कारण कांग्रेसले बाजी मारेको थियो । तर ५ वर्षभित्रै परिस्थिति बदलिएको छ । अहिले नेकपा एमालेले जित हासिल गर्ने स्थानीय अगुवा देवदत्त ढकाल बताउनुहुन्छ । ढकाल २०७४ सालको निर्वाचनमा अध्यक्षको उम्मेदवार समेत हुनुहुन्थ्यो । अहिले नेपालगन्ज १२ मा एमाले एकमना एकताका साथ चुनावी अभियानमा लागेका कारण पुरानो विरासत फिर्ता हुने उहाँको भनाई छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का उम्मेदवारले निरन्तर घरदैलो गरिरहेका छन् । वडाध्यक्षका उम्मेदवार हेमराज गौतम (हरि), सदस्यहरु इतादेवी अर्याल शर्मा, प्रदीपकुमार सापकोटा, प्रमात...
एमाले बाँकेमा को–को भए वडाध्यक्षका सर्वसम्मत उम्मेदवार ?
Home top, बाँके, राजनीति, समाचार

एमाले बाँकेमा को–को भए वडाध्यक्षका सर्वसम्मत उम्मेदवार ?

नेपालगन्ज–नेकपा एमालेले बाँकेका केही वडामा शुक्रवार सर्वसहमत उम्मेदवार चयन गरेको छ । सबै भन्दा धेरै कोहलपुर नगरपालिकामा वडा कमिटीको बैठकबाट सर्वसहमत वडाध्यक्ष र सदस्यमा उम्मेदवार चयन भएका छन् । कोहलपुर नगरपालिका वडा नं १ मा एमालेको तर्फबाट सर्वसहमत अध्यक्षमा रुद्र खनाल, वडा नं. ५ मा दिपेन्द्र श्रेष्ठ, वडा नं. ६ मा प्रदेशी थारु, वडा नं. १२ मा टेकबहादुर शाही, वडा नं. १३ मा रुपसिंह डाँगी , वडा नं. १४ मा ज्ञानेन्द्र थापा र वडा नं. १५ मा मोहन थारु  उम्मेदवार चयन भएका छन् । खजुरा वडा नम्बर १ मा एमालेबाट जयवीर थापाको उम्मेदवारी सर्वसहमत भएको छ । नेपालगन्ज २ मा रामनरेश तेली, नेपालगन्ज ३ मा नफीस अन्सारी,वडा नं. ४ मा टेकबहादुर केसी,बैजनाथ ५ मा मानबहादुर खत्री, डुडुवा–६ मा मोहनराम मिश्र र नरैनापुर ४ मा सुनैना मिश्राको वडाध्यक्षमा उम्मेदवारी सर्वसहमत चयन भएको छ । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचन...
सामाजिक सेवामा समेत अग्रसर हुँदै युनियन लाइफ इन्स्योरेन्स
Home top, बाँके, समाचार

सामाजिक सेवामा समेत अग्रसर हुँदै युनियन लाइफ इन्स्योरेन्स

बाँके ।  पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सामाजिक सेवामा समेत अग्रसर हुदै आएको पाइएको छ । बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई न्यानो कपडा वितरण कार्यक्रम गरी इन्स्योरेन्स कम्पनीले सामाजिक सेवामा अग्रसर भएको देखिन्छ । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.१२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई जाडोमा न्यानो कपडा वितरण गरीएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी गराए । इन्स्योरेन्सकम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक ढकालका अनुसार नेपालगंजमा न्यानो कपडा स्वरुप करिव ४७ जनालाई कम्बल वितरण गरीएको जनाकारी गराउँदै खजुरा तथा बर्दियामा समेत राहत वितरणको कार्यक्रम रहेको जानकारी दिए । २०७८ सालको दिपावलीमा...
बुटवलमा ढिस्कोले पुरिँदा दुईको मृत्यु, तीनजना घाईते
Home top, समाचार

बुटवलमा ढिस्कोले पुरिँदा दुईको मृत्यु, तीनजना घाईते

बुटवल । बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ ।  तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्काे खस्दा २ जनाकाे मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् ।  स्थानीय ५ जना पुरिएर घाईते भएकोमा स्थानीयले उद्बार गरेर अस्पताल पुर्याएपछि २ जनाकाे मृत्यु घाेषाणा गरिएकाे हाे । पुरिएर मृत्यु हुनेमा स्थानीय गणाेश थापा र शिव थापा रहेका छन् । घटनामा परि घाइतेहनेमा केशव पुरी, अशाेक गाहा र अन्य १ जना रहेकाे प्रहरीले जनाएकाे छ । ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ । अत्याधिक जाडाे भएपछि स्थानीय देबीनगरकाे प्रगतिनगर टाेलका ५ जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।...
भूगोलमा संगठन बुझ्दै एमाले बाँकेको नयाँ नेतृत्व
Home top, बाँके, राजनीति, समाचार

भूगोलमा संगठन बुझ्दै एमाले बाँकेको नयाँ नेतृत्व

नेपालगन्ज। आठौ जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले बाँकेको नयाँ नेतृत्वले बुधवार जिल्लाका आठवटै पालिका कमिटी नेतृत्वसँग अन्तक्र्रिया गरेको छ । आगामी स्थानीय तह निर्वाचनको तयारी सँगै भूगोलमा पार्टीको संगठनको अवस्था बुझ्न पालिका स्तरीय कमिटीका अध्यक्ष र सचिवसहित अन्तक्र्रिया गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । केन्द्रीय सदस्यसहित जिल्ला कमिटीका पदाधिकारीले पालिका कमिटीका अध्यक्ष र सचिव सम्मिलित बैठकमा संगठन सुदृढिकरणको अवस्था र अवको कार्यनीतिका वारेमा छलफल भएको थियो । बैठकमा प्रत्येक पालिकाबाट पार्टीको बर्तमान अवस्था लगायतका विषयमा विस्तृत छलफल भएको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । बैठकमा कोभिड रोकथाम र नियन्त्रणका सम्वन्धमा पार्टीले जिल्लादेखि वडा र टोल सम्म खेल्नुपर्ने भूमिका लगायतका विषयमा पनि महत्वपूर्ण छलफल भएको उपसचिव दिपक बर्माले जानकारी दि...
को बन्ला एमाले बाँकेको अध्यक्ष ?
Home top, बाँके, राजनीति, समाचार

को बन्ला एमाले बाँकेको अध्यक्ष ?

नेकपा एमालेको जिल्ला अधिवेशन मिति नजिकिदै गर्दा बाँकेमा अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ। जिल्ला अध्यक्षका आकांक्षीहरु कोही नेताको घरमा भेटघाटमा ब्यस्त छन भने केही जिल्ला अधिवेशनका लागि छनौटहुने प्रतिनिधि आफ्नो पक्षका बढाउने अभियानमा ब्यस्त देखिन्छन् । यहि पुष २३ गते हुने जिल्ला अधिवेशनमा अहिलेका अध्यक्ष निरक गुरुङ,उपाध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री र सचिवालय सदस्य युवा नेता डिल्ली बि.सी.ले आफुलाई अध्यक्षको दावेदार बताउँदै आउनुभएको छ। यसैगरी मधेशी समुदायबाट सचिवालय सदस्य मनोज बर्माले पहिलोपटक बाँकेमा एमाले अध्यक्षको दावी गर्नुभएको छ । गुरुङ एमाले बाँकेका वर्तमान अध्यक्ष हुन् । एमालेको सातौं अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका गुरुङ तत्कालिन अध्यक्ष अशोक कोइराला नेकपा (एकिकृत समाजवादी) तिर गएपछि पार्टीले १० बुँदे सहमति कार्यान्वयन स्वरुप गुरु...
खजुरा आइसोलेशन केन्द्रलाई मिलापद्वारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान
Home top, बाँके, समाचार, स्वास्थ्य

खजुरा आइसोलेशन केन्द्रलाई मिलापद्वारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

नेपालगन्ज । मिलाप नेपालगन्जले बाँकेको खजुरा गाउँपालिकास्थि आइसोलेसन केन्द्रलाई कोरोना भाइरस संक्रमण रोकथामको लागि अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । मिलाप नेपालगन्जले सञ्चालन गरेको कोभिड १९ दोस्रो लहर प्रतिकार्य परियोजना अन्तर्गत स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो । वेड सिट ४० पिस, इक्जामिनेशन ग्लोब्स३५ प्याकेट, सर्जिकल मास्क४० प्याकेट,हेण्ड सेनिटाइजर ५ सय एमएलका १० बोतल, फेस सिल्ड ५ सय पिस र कभरसहितका सिरानी ४० पिस गरी करिव रु. १ लाख बराबरको सामग्री प्रदान गरिएको परियोजना संयोजक प्रेमा रेग्मीले जानकारी दिनुभयो । शुक्रवार आइसोलेशन केन्द्रमा आयोजित एक समारोहमा संस्थाकी अध्यक्ष अमृता सुनारले खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै खजुरा गाउँपालिका वडा नं. ३ का...
स्वरोजगार बन्दै बाँकेका दलित महिला
Home top, अर्थबजार, बाँके, समाचार

स्वरोजगार बन्दै बाँकेका दलित महिला

नेपालगन्ज–बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभर निवासी पदमीकला कामीले पशुपंक्षी फार्म दर्ता गरेर व्यवसायीक रुपमा कृषि पेशामा होमिनु भएको छ । अहिले उहाँको फार्ममा ४२ वटा बाख्रा, ६ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँस पालन गरेरै जिविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारीहरु घरमै पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । गाभर दलित महिला समूहमा आवद्ध उहाँले आफुसहित घरका चारजनालाई कामले भ्याई नभ्याई हुने गरेको बताउनुभयो । “बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दाना पानी खुवाउने कामले फुर्सदनै हुँदैन । हामीले घरमै स्थानीय चारो बनाएर कुखुरा पालन गर्दै आएका छौँ”,पदमीकलाले भन्नुभयो । खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी निवासी सुनिता बिकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गरेको । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुई हजार देखि २५ ...
स्थानीय तहको पाठ्यक्रम निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन्न
Home top, शिक्षा, समाचार

स्थानीय तहको पाठ्यक्रम निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन्न

गुलरिया । बर्दिया जिल्लाका ६ वटा स्थानीय तह ठाकुरबाबा, बारबर्दिया,राजापुर,गुलरिया,मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षाका सरोकारवाला निकायहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण गोष्ठी गुलरियामा सम्पन्न भएको छ । दुइ दिनसम्म संचालन भएको अभिमखिकरणमा सहभागी पालीकाहरुले हालसम्म निर्माण गरेका स्थानीय पाठ्यक्रमको अबस्थाबारे पालीकास्तरको अन्तक्र्रिया समेत गरिएको छ । गोष्ठीमा पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको बारेमा छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुति गरिएको छ । गोष्ठीमा स्थानीय तहले गरेका असल अभ्यासहरुलाई सिकाइ आदान प्रदान गर्नुका साथै सहभागी पालीकाहरुले स्थानीय पाठ्यक्रम निर्माण र परिमार्जन सहित स्विकृतिका लागि मधुवन नगरपालिकाले ...
वडाध्यक्ष वर्मालाई टोलवासीको सम्मान
Home top, बाँके, समाचार

वडाध्यक्ष वर्मालाई टोलवासीको सम्मान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मालाई शनिबार सम्मान गरिएको छ । वडाको तेजनगर टोलबासीले विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शनिबार औपचारिक कार्यक्रम गरि अध्यक्ष वर्मालाई सम्मान गरेका हुन । चालु आवमा तेजनगरमा वडा अध्यक्ष वर्माको पहलमा दुईवटा सडक पिसिसी भएको छ भने पक्कि नाला सहित ८० मिटर सडक कालोपत्रे सम्पन्न भएको छ । यसैगरी सोही टोलमा एकसाताभित्रै हाईमास्ट लाईट जडान गर्ने तयारीमा रहेको वडा अध्यक्ष वर्माले जानकारी दिनुभयो । सोही टोलमा गतवर्ष ५० लाखको लागतमा नाली सहितको कालोपत्रे सडक निर्माण सम्पन्न भएको थियो । चालु आवमा तेजनगर टोलमा पक्कि नाला सहित सडक स्तरउन्नती, विद्युतका पोलमा स्टीटलाईट जडान तथा जेष्ठ नागरिक र योगका लागि समेत वजेट विनियोजन भएको छ । टोलबासीबाट सम्मान पाएपछि वडा अध्यक्ष वर्माले वडाको पुरानो मध्येको तेजन...