Lumbini Live

Follow Us:

स्वास्थ्य

खजुरा आइसोलेशन केन्द्रलाई मिलापद्वारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान
Home top, बाँके, समाचार, स्वास्थ्य

खजुरा आइसोलेशन केन्द्रलाई मिलापद्वारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

नेपालगन्ज । मिलाप नेपालगन्जले बाँकेको खजुरा गाउँपालिकास्थि आइसोलेसन केन्द्रलाई कोरोना भाइरस संक्रमण रोकथामको लागि अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । मिलाप नेपालगन्जले सञ्चालन गरेको कोभिड १९ दोस्रो लहर प्रतिकार्य परियोजना अन्तर्गत स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो । वेड सिट ४० पिस, इक्जामिनेशन ग्लोब्स३५ प्याकेट, सर्जिकल मास्क४० प्याकेट,हेण्ड सेनिटाइजर ५ सय एमएलका १० बोतल, फेस सिल्ड ५ सय पिस र कभरसहितका सिरानी ४० पिस गरी करिव रु. १ लाख बराबरको सामग्री प्रदान गरिएको परियोजना संयोजक प्रेमा रेग्मीले जानकारी दिनुभयो । शुक्रवार आइसोलेशन केन्द्रमा आयोजित एक समारोहमा संस्थाकी अध्यक्ष अमृता सुनारले खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै खजुरा गाउँपालिका वडा नं. ३ का...
शिक्षा र स्वास्थ्यका ऐन संशोधन गर्दै सम्पन्न भयो,जानकीको ११ औं विशेष गाउँसभा
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

शिक्षा र स्वास्थ्यका ऐन संशोधन गर्दै सम्पन्न भयो,जानकीको ११ औं विशेष गाउँसभा

जानकी (बाँके),४ कार्तिक । बाँकेको जानकी गाउँपालिकाले आज ११ आंै विशेष गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालको अध्यक्षतामा भएको विशेष गाउँसभाले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन गरेको छ । गाउँसभामा कार्यवाहक अध्यक्ष धितालले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। उहाँले ऐन संशोधन नभएका कारण शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्न कठिनाई भएकोले विशेष गाउँसभामार्फत संशोधन गरिएको बताउनुभयो । शिक्षा ऐन २०७७ पहिलो संशोधन, स्वास्थ तथा सरसफाई ऐन २०७८, गाउँपालिकाको वडास्तरिय योजना संशोधन र रोजगार शाखाको कार्यक्रम सर्बसहमतिबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका क...
जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्य पदार्थ र अवैध रुपमा राखिएको मदिरा नष्ट
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्य पदार्थ र अवैध रुपमा राखिएको मदिरा नष्ट

जानकी । बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुनसक्ने मूल्यवृद्धि तथा कालोबजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ । बिहीवार गाउँपालिकाको वडा नं. ६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका उपभोग्यवस्तु, अखाद्य तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गरेको पाईएको उहाँले बताउनुभयो । पिप्रहवास्थित खुदरा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्य पदार्थ र अनुमति नलिईकिन बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाँके...
जानकी गाउँपालिका ६ बालविवाह मुक्त वडा घोषणा
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

जानकी गाउँपालिका ६ बालविवाह मुक्त वडा घोषणा

जानकी । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ लाई आज बालविवाह मुक्त वडा घोषणा गरिएको छ । योसँगै जानकी गाउँपालिकाका अब ६ वटै वडा बालविवाहमुक्त घोषणा भएका छन् । बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले अब भोली मंगलवार गाउँपालिकालाई नै बालविवाहमुक्त घोषणा गर्न थालिएको बताउनुभयो । उहाँले समाज परिवर्तनको लागि सबैको भूमिका महत्वपूण रहेकोले समाजमा रहेका कुसंस्कार परिवर्तन गर्न सजक हुनुपर्नेमा जोड दिनुभयो । बालविवाहमुक्त घोषणा पछि पनि यसप्रति बालबालिका बढि सचेत हुन जरुरी रहेको उहाँको भनाई थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बलविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रिय रुपमा लाग्नु पर्ने बताउनुभयो । बाँकेमा बालविवाह विरुद्धको अभि...
कोभिड प्रतिकार्यको लागि बाँके र बर्दियामा “कोर” परियोजना शुरु
Home top, समाचार, स्वास्थ्य

कोभिड प्रतिकार्यको लागि बाँके र बर्दियामा “कोर” परियोजना शुरु

नेपालगन्ज। कोभिड–१९ तेस्रो लहरको प्रतिकार्यको लागि बाँके र बर्दियामा कोभिड–१९ रेस्पोन्स इन इमरजेन्सी (कोर) परियोजना सञ्चालन भएको छ । इनरुडेक बाँकेले आड्रा नेपाल र जापान प्लेटफर्मसँगको सहकार्यमा सञ्चालन भएको परियोजनाले नेपालगञ्जस्थित भेरी अस्पताल, गुुलरियास्थित जिल्ला अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेशन केन्द्रमा कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री व्यवस्थापन गर्ने इनरुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले बताउनुभयो । उहाँका अनुसार, दुवै जिल्लाका १६ स्थानीय तह र अस्पतालसँग समन्वय गरी स्वास्थ्य सामग्री व्यवस्थापन तथा कोभिड–१९ तेस्रो लहरको प्रतिकार्यको तयारी गरिएको छ । पहिलो चरणमा कोरोनाको उपचार भईरहेको भेरी अस्पताल, गुलरिया अस्पताल र स्थानीय तहमा सञ्चालनमा रहेका आइसोलेशन केन्द्रमा आवश्यकता अनुसारका कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरिएको छ । परियोज...
इनरुडेकद्वारा भेरीलाई आवश्यक थप स्वास्थ्य सामग्री प्रदान
Home top, बाँके, समाचार, स्वास्थ्य

इनरुडेकद्वारा भेरीलाई आवश्यक थप स्वास्थ्य सामग्री प्रदान

नेपालगन्ज।इनरुडेक बाँकेले कोरोना तेस्रो लहरको पूर्वतयारीको लागि नेपालगन्जस्थित भेरी अस्पताललाई अत्यावश्यकीय स्वास्थ्य सामग्री प्रदान गरेको छ ।अस्पतालले अनुरोध गरेवमोजिम करिव रु. ७ लाख बरावरको थप अत्यावश्यकीय सामग्री इनरुडेक बाँकेले आज एक समारोहकाबीच अस्पताललाई प्रदान गरेको हो ।अष्ट्रेलियन एड र आड्रा नेपालसँगको साझेदारीमा इनरुडेक बाँकेले कोभिड १९ तेस्रो लहरको व्यवस्थापनको लागि यस अघिनै रु. ८० लाख वरावरको अत्यावश्यकीय स्वास्थ सामग्री अस्पताललाई प्रदान गरिसकेको छ । अस्पताल परिसरमा आयोजित समारोहमा इनरुडेक अध्यक्ष धर्मलाल रोकाय र आड्रा नेपालका प्रतिनिधिले अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, धनीराम वली र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । इनरुडेकले आज एन ९५ मास्क २ सय पीस, एक्जामिनेसन ग्लोब्स ३० बक्स,...
इनरुडेकद्वारा भेरी अस्पताललाई ८० लाखको स्वास्थ्य सामग्री प्रदान
Home top, बाँके, समाचार, स्वास्थ्य

इनरुडेकद्वारा भेरी अस्पताललाई ८० लाखको स्वास्थ्य सामग्री प्रदान

नेपालगन्ज।इनरुडेक बाँकेले कोरोना तेस्रो लहरको पूर्वतयारीको लागि नेपालगन्जस्थित भेरी अस्पताललाई अत्यावश्यकीय स्वास्थ्य सामग्री प्रदान गरेको छ ।इनरुडेक बाँकेले अष्ट्रेलियन एड र आड्रा नेपालसँगको साझेदारीमा कोभिड १९ तेस्रो लहरको व्यवस्थापनको लागि रु. ८० लाख वरावरको अत्यावश्यकीय स्वास्थ सामग्री आज एक समारोहकाबीच अस्पताललाई प्रदान गरेको हो ।अस्पताल परिसरमा आयोजित समारोहमा इनरुडेक अध्यक्ष धर्मलाल रोकाय, आड्रा नेपालका टिम लिडर डा.घनश्याम भट्टले अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, धनीराम वली र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । इनरुडेकले पीपीई १ हजार सेट, गुल्कोमिटर १० पिस, गुल्कोमिटर स्ट्पि ३ सय पिस, अक्सिजन कन्सेन्टर ५ थान, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर १ सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लब्स, भाइटल मनिटर ग...
साईगाउँमा निःशुल्क स्वास्थ्य शिविर
Home top, बाँके, शिक्षा, स्वास्थ्य

साईगाउँमा निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज–लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ, लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र नेपालगन्ज जुनियर जेसीजको संयुक्त आयोजना तथा जानकी गा.पा वडा नं १ र साईगाउँ बढैया, बाँके स्वास्थ्य चौकीको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम जानकी गा.पा वडा नं १ साईगाउँ बढैया, बाँकेमा सम्पन्न भएको छ । लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो बसन्त बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ नेपालगन्ज इन्नोभेटिभका अध्यक्ष ला.विष्णु खनाल, सरोवर प्रसाई, इन्नोभेटिभका पूर्व अध्यक्ष ला. बिनय श्रेष्ठ, ला. किशोर आचार्य, जानकी गा.पा वडा नं १ वडा अध्यक्ष मोहम्मद रजा राइ, रिजन २१ का रिजन चेयरपर्सन लियो प्रकाश कुँवर लगायत विभिन्न लियो तथा लायन्स क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा १२५ जना स्थानीय नागरिकको सहभागितामा साधारण स्वास्थ्य ...
कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी
Home top, समाचार, स्वास्थ्य

कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनु भएको छ। तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताउनुभयो । “सबै अस्पताललाई अक्सिजन भर्न र शैया तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।” नेपालमा गत चैत दोस्रो सातादेखि दो...
खजुरामा डेंगु तथा किटजन्य रोग नियन्त्रणका लागि पूर्वतयारी
Home top, बाँके, समाचार, स्वास्थ्य

खजुरामा डेंगु तथा किटजन्य रोग नियन्त्रणका लागि पूर्वतयारी

नेपालगन्ज । खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सोनपुरमा डेंगु तथा किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालासँग अभिमुखिकरण तथा बासस्थानको खोजी गरि लार्भा नष्ट कार्यक्रम गरिएको छ । खजुरा प्राथमिक स्वास्थ्य केन्द्रकी डा. पुजा सुनारले डंगुबारे जानकारी दिँदै एसिड एजिप्टाइ नामक लामखुट्टेबाट सर्ने डेंगु महामारी हुँदा ४० देखि ९० प्रतिशतसम्म फैलिने हुँदा रोग लाग्न नदिन सबैले कोशिस गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डेंगु फैलाउने लामखुट्टे सफा पानीमा बस्ने भएकोले घर वरिपरि पानी जम्न नदिन आग्रह गर्दै उहाँले यो रोग लागेमा एक्कासी ज्वरो आउने, फोक्सो र पेटमा पानी जम्ने, छाती लगायतका ठाउँमा छुँदा डाम बस्ने, नाक, गिजाबाट रगत आउने जस्ता लक्षण देखिने बताउनुभयो। कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले डेंगु लाग्नुभन्दा लाग्न नदिन सचेतना फैलाउन लागि खजुराले ...