स्थानीय तहको पाठ्यक्रम निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन्न
गुलरिया । बर्दिया जिल्लाका ६ वटा स्थानीय तह ठाकुरबाबा, बारबर्दिया,राजापुर,गुलरिया,मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षाका सरोकारवाला निकायहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण गोष्ठी गुलरियामा सम्पन्न भएको छ ।
दुइ दिनसम्म संचालन भएको अभिमखिकरणमा सहभागी पालीकाहरुले हालसम्म निर्माण गरेका स्थानीय पाठ्यक्रमको अबस्थाबारे पालीकास्तरको अन्तक्र्रिया समेत गरिएको छ । गोष्ठीमा पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको बारेमा छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुति गरिएको छ ।
गोष्ठीमा स्थानीय तहले गरेका असल अभ्यासहरुलाई सिकाइ आदान प्रदान गर्नुका साथै सहभागी पालीकाहरुले स्थानीय पाठ्यक्रम निर्माण र परिमार्जन सहित स्विकृतिका लागि मधुवन नगरपालिकाले ...