युवालाई एमालेमा एकतावद्ध हुन लम्सालको आग्रह
नेपालगन्ज । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव रविन्द्र लम्सालले नेकपा (एमाले)मा एकतावद्ध हुन युवाहरुलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय स्वाभिमान, जनताको विकास प्रतिको आकांक्षा, समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षा नेकपा एमालेले मात्रै गर्नसक्ने भएकोले देशभक्त युवाहरु एमालेमा एकतावद्ध भएर सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
“नेकपा (एमाले) विभाजन भएको होईन, पद लोलुपता र अवसवादी चरित्र भएका केही व्यक्तिहरुले पार्टी छोडेका हुन्, राजनीतिमा भविष्य भएका युवा नेता कार्यकर्ता अलमलमा नपरी मूलधारमा फर्किनुहोस् तपाईको उचित सम्मान हुनेछ”, नेता लम्सालले भन्नुभयो,“हिजो को कता लागेको थियो भनेर संगठनभित्र कुनै किसिमको विभेद हुनेछैन आउनुहोस् एकतावद्ध भएर अघि बढौँ ।”
सरकारमा रहँदा राष्ट्रियता र जनताको पक्षमा क...