Lumbini Live

Follow Us:

जानकी गाउँपालिका

शिक्षा र स्वास्थ्यका ऐन संशोधन गर्दै सम्पन्न भयो,जानकीको ११ औं विशेष गाउँसभा
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

शिक्षा र स्वास्थ्यका ऐन संशोधन गर्दै सम्पन्न भयो,जानकीको ११ औं विशेष गाउँसभा

जानकी (बाँके),४ कार्तिक । बाँकेको जानकी गाउँपालिकाले आज ११ आंै विशेष गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालको अध्यक्षतामा भएको विशेष गाउँसभाले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन गरेको छ । गाउँसभामा कार्यवाहक अध्यक्ष धितालले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। उहाँले ऐन संशोधन नभएका कारण शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्न कठिनाई भएकोले विशेष गाउँसभामार्फत संशोधन गरिएको बताउनुभयो । शिक्षा ऐन २०७७ पहिलो संशोधन, स्वास्थ तथा सरसफाई ऐन २०७८, गाउँपालिकाको वडास्तरिय योजना संशोधन र रोजगार शाखाको कार्यक्रम सर्बसहमतिबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका क...
जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्य पदार्थ र अवैध रुपमा राखिएको मदिरा नष्ट
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्य पदार्थ र अवैध रुपमा राखिएको मदिरा नष्ट

जानकी । बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुनसक्ने मूल्यवृद्धि तथा कालोबजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ । बिहीवार गाउँपालिकाको वडा नं. ६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका उपभोग्यवस्तु, अखाद्य तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गरेको पाईएको उहाँले बताउनुभयो । पिप्रहवास्थित खुदरा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्य पदार्थ र अनुमति नलिईकिन बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाँके...
जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण
Home top, जानकी गाउँपालिका, बाँके, समाचार

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

जानकी । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण तालिम दिएको छ । गाउँपालिकाका ६ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण तालिम आयोजना गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । उहाँले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । स्टिमेट भन्दा बाहिर गएर गरिएको निर्माणको फच्छ्यौट नहुने भएकोले जनसमुदायबाट समेत फच्छ्यौट हुनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउनेभएकोले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका सा...
जिल्लामै पहिलो पटक जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा
Home top, जानकी गाउँपालिका, बाँके, समाचार

जिल्लामै पहिलो पटक जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा

जानकी ।राष्ट्रिय बालदिवसको अवसरमा बाँकेको जानकी गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाद्वारा आयोजित घोषणा सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र कार्यवाहक अध्यक्ष भूमिसरा धिताललाई प्रदान गर्नुभएको थियो । सो सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले जिल्लामै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुप्रति आभार प्रकट गर्नुभयो । उहाँले मधेशी समुदायको बाहुल्यता रहेको जानकीमा बालविवाह जस्तो कुरीतिका विरुद्ध बाँकेमा राम्रो अभियान सञ्चालन गरेर जानकी गाउँपालिकाले आफ्नो छुटै पहिचान बनाएको बताउनुभयो । आगामी फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयार...
जानकी गाउँपालिका ६ बालविवाह मुक्त वडा घोषणा
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

जानकी गाउँपालिका ६ बालविवाह मुक्त वडा घोषणा

जानकी । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ लाई आज बालविवाह मुक्त वडा घोषणा गरिएको छ । योसँगै जानकी गाउँपालिकाका अब ६ वटै वडा बालविवाहमुक्त घोषणा भएका छन् । बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले अब भोली मंगलवार गाउँपालिकालाई नै बालविवाहमुक्त घोषणा गर्न थालिएको बताउनुभयो । उहाँले समाज परिवर्तनको लागि सबैको भूमिका महत्वपूण रहेकोले समाजमा रहेका कुसंस्कार परिवर्तन गर्न सजक हुनुपर्नेमा जोड दिनुभयो । बालविवाहमुक्त घोषणा पछि पनि यसप्रति बालबालिका बढि सचेत हुन जरुरी रहेको उहाँको भनाई थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बलविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रिय रुपमा लाग्नु पर्ने बताउनुभयो । बाँकेमा बालविवाह विरुद्धको अभि...
जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी
Home top, जानकी गाउँपालिका, बाँके, शिक्षा, समाचार

जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी

जानकी ।जानकी गाउँपालिका बाँके जिल्लामै पहिलो पटक बालविवाह मुक्त स्थानीय तह घोषणा हुने भएको छ । यहि भदौ २९ गते गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक भूमिसरा धितालले जानकारी दिनुभयो । बालविवाहमुक्त गाउँपालिका घोषणा कार्यक्रमको लागि गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक धितालको संयोजकत्वमा २१ सदस्यीय बालविवाह मुक्त पालिका घोषणा समिति गठन गरिएको छ। समितिमा सरोकारवाला संघसंस्था र व्यक्तिहरु सदस्य छन् । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिकाको वडा नं. १, २, ३,४ र ५ ब...