Lumbini Live

Follow Us:

कर्णाली न्यूज

एमाले कर्णाली प्रदेश कमिटीले पूर्णता पायो
Home top, कर्णाली न्यूज, राजनीति, समाचार

एमाले कर्णाली प्रदेश कमिटीले पूर्णता पायो

कर्णाली, वैशाख १७ गते । नेकपा ९एमाले० ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । एमालेले यसअघि प्रदेश कमिटीका पदाधिकारीको चयन गरिसकेको थियो । पदाधिकारीमा यामलाल कँडेल प्रदेश इञ्चार्ज, लक्ष्मी पोखरेल र गुलावजङ्ग शाह सहइञ्चार्ज, गोरख बोगटी अध्यक्ष तथा धर्मराज रेग्मी सचिवको जिम्मेवारीमा हुनुहुन्छ । सचिव रेग्मीका अनुसार सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, जिल्ला पार्टी अध्यक्ष, जिल्लास्तरका अगुवा नेता, पेशागत क्षेत्रबाट पार्टी सङ्गठनमा योगदान पु¥याएकालाई समेटेर कमिटी पूर्णता दिइएको छ । उहाँले अन्तरपार्टी निर्देशनबमोजिम साङ्गठनिक कामलाई तीव्रता दिने, तोकिएको समयमा मातहतका कमिटीका अधिवेशन सम्पन्न गर्न तयारी गर्ने, कोरोना भाइरस महामारीलाई रोकथाम तथा नियन्त्रणमा राज्यका निकायलाई सहयोग पु¥य...
हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ७ घाइते
Home top, कर्णाली न्यूज, समाचार

हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ७ घाइते

हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित ७ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका–७, ओख्रेनीमा गएराती लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ छन् । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा गएराति करिब ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुनेमा सिमकोट(२, ठेहेका जिप चालक सम्राट भण्डारी, प्युठान स्थायी घर भई सिमकोट(६ बस्दै आएका अजय बस्नेत, सिमकोट(८ खोल्सीकी कल्पना सिंह, सोही ठाउँका एक वर्षीय बालक मिलन ...