Lumbini Live

Follow Us:

अर्थबजार

स्वरोजगार बन्दै बाँकेका दलित महिला
Home top, अर्थबजार, बाँके, समाचार

स्वरोजगार बन्दै बाँकेका दलित महिला

नेपालगन्ज–बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभर निवासी पदमीकला कामीले पशुपंक्षी फार्म दर्ता गरेर व्यवसायीक रुपमा कृषि पेशामा होमिनु भएको छ । अहिले उहाँको फार्ममा ४२ वटा बाख्रा, ६ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँस पालन गरेरै जिविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारीहरु घरमै पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । गाभर दलित महिला समूहमा आवद्ध उहाँले आफुसहित घरका चारजनालाई कामले भ्याई नभ्याई हुने गरेको बताउनुभयो । “बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दाना पानी खुवाउने कामले फुर्सदनै हुँदैन । हामीले घरमै स्थानीय चारो बनाएर कुखुरा पालन गर्दै आएका छौँ”,पदमीकलाले भन्नुभयो । खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी निवासी सुनिता बिकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गरेको । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुई हजार देखि २५ ...
अग्रगामी महिला सहकारीको फड्को,नवौं साधारणसभामा दुईतले भवन उद्घाटन
Home top, अर्थबजार, बाँके, समाचार

अग्रगामी महिला सहकारीको फड्को,नवौं साधारणसभामा दुईतले भवन उद्घाटन

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नंं २० राँझास्थित अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लि.को नवौ वार्षिक साधारणसभा शनिवार भव्य समारोहका बीच सम्पन्न भएको छ । समारोहमा अग्रगामीले कुशल बचत कर्ता एवम् कुशल ऋणीलाई पनि सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेश एवम् जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले महिलाले सञ्चालन गरेको अग्रगामी महिला बचत तथा ऋण सहकारीले सहकारी क्षेत्रमा नामजस्तै अग्रगामी फड्को मार्दै गएको बताउनुभयो । उहाँले छोटो समयमै संस्थालाई स्थापित गर्न सफल भएकोमा संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीको प्रशंसा समेत गर्नुभयो। अग्रगामी सहकारीलाई आवश्यक संस्थागत सबै प्रकारका सहयोगका लागि जिल्ला तथा प्रदेश सहकारी संघ सदैव तत्पर रहेको बताउँदै उहाँले अग्रगामीको अझै सफलताको कामना व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष उषा भण्डा...
खजुरा मार्ट संचालनमा
Home top, अर्थबजार, बाँके, समाचार

खजुरा मार्ट संचालनमा

नेपालगन्ज। बाँकेको खजुरामा पहिलो मार्ट खुलेको छ । ५० लाख बढी लागतमा संचालनमा आएको खजुरा मार्टको शनिबार घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर भण्डारी र लायन्स क्लव अफ खजुराका अध्यक्ष विज्ञान कक्षपतिले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरे । खजुरा मार्टमा दैनिक उपभोग्य र घरायसी प्रयोगका सामान सुपथ मूल्यमा उपलब्ध गराइने संचालकहरुले जानकारी दिएका छन् । लक्ष्मी गौतम, राजु पौडेल, विष्णु पौडेल, अरुण सुवेदी संचालक रहेको उक्त मार्टले खजुरा क्षेत्रका ग्राहकको सुविधालाई मध्येनजर गर्दै खजुरामा पहिलो मार्ट संचालनमा ल्याएको जनाएका छन् । एकै ठाउँमा धेरै किसिमका बस्तुहरुको उपलब्ध गराउनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा बस्तुको आफ्नै ठाउँमा उपलब्ध गराएर सुविधा प्रदान गर्ने उद्देश्यका साथ मार्ट संचालनमा ल्याइएको संचालक राजु पौडेलले जानकारी दिए । खजुरा क्षेत्रका साथै छ...
स्याक नेपालद्धारा विपन्न महिलालाई व्यवसाय सञ्चालन गर्न सामाग्री वितरण
Home top, अर्थबजार, समाचार

स्याक नेपालद्धारा विपन्न महिलालाई व्यवसाय सञ्चालन गर्न सामाग्री वितरण

बर्दिया । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकले बर्दिया जिल्लाका सातवटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न विभिन्न प्रकारका सामाग्री वितरण शुरु गरेको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका युवा महिलालाई व्यवसायका लागि सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्नका लागि ती महिलाहरुलार्ई किराना पसल, कस्मेटिक पसल, ब्युटिपार्लर,कासमेटिक पसल,फेन्सी पसल, र टेलारिंग पसल आदी सञ्चालन गर्ने सामग्री वितरण गरिने बताउनुभयो । बुधवार स्याक नेपाल बाँकेका अध्क्ष्यक्ष पाण्डे, संस्थाका टिम लिडर नेत्रकला शाही,शिक्षा कार्याक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मा, परियोजनाका अधिकृत बिक्रम र...
ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ
Home top, अर्थबजार, राजनीति, समाचार

ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ

काठमाडौं। अध्यादेश मार्फत शनिबार सिंहदरवारबाट प्रस्तुत गरिएको बजेटमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरी ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ । त्यसकालागि १ खर्व रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । संविधानको धारा ११९ को उपधारा ३ अनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । सरकारले शुक्रबार मात्र आर्थिक सर्वेक्षण सार्वजनिक गरेको थियो । प्रतिनिधिसभा कायम नरहेकोबेला कोभिड माहामारीकाबीच सरकारले अध्यादेशमार्फत यस वर्षको बजेट सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षमा व्यापार घाटामा कमीआएको दावी गर्नुहुँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा ९४ प्रतिशत राजस्व असुल हुने अनुमान सुनाउनुभयो । अर्थमन्त्री पौडेलले कोभिड १९ को माहामारीबाट जनताको जीवन रक्षा गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बजेटको लक्ष्य रहेको बताउनुभयो । ...
आर्थिक वर्ष २०७८ । ७९ को वजेटःनिषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट
अर्थबजार, समाचार

आर्थिक वर्ष २०७८ । ७९ को वजेटःनिषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट

कठमाडौं । सरकारले निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुटको व्यबस्था वजेटमा गरेको छ ।आर्थिक वर्ष २०७८ । ७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो । उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खवत गर्ने लाई शतप्रतिशत विद्युत महसुल छुटको व्यबस्था गरिएको छ ।
आर्थिक वर्ष २०७८।७९ बजेट:सबै नेपालीलाई निःशुल्क खोप
Home top, अर्थबजार, राजनीति, समाचार

आर्थिक वर्ष २०७८।७९ बजेट:सबै नेपालीलाई निःशुल्क खोप

सरकारले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८।७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनु भएको छ । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ। नयाँ बजेट कोभिड नियन्त्रण रोकथाम तथा उपचारमा केन्द्रित रहने जनाएका छन । कोभिड रोकथाम तथा नियन्त्रणका लागि खोप खरीद गर्न २६ अर्व ७५ करोड रुपियाँ वजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोष्णा गर्नु भएको हो ।साथै उहाँले कोभिड १९को परीक्षण र उपचार निःशुल्क गरिने पनि वजेटमा उल्लेख गर्नु भएको छ । यसै गरी कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री पौडेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७...
सात महिनापछि खुल्यो आन्तरिक उडान
Home top, अर्थबजार, समाचार

सात महिनापछि खुल्यो आन्तरिक उडान

काठमाण्डौ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी लकडाउनपछि बन्द भएको आन्तरिक उडान सात महिनापछि आजदेखि सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो । तर कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए । उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्नेरगराउने तर सबै सिट भरेर उडान गर्न पाउने माग गरेका थिए । वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछ...
सञ्चालन भए सार्वजनिक यातायात
Home top, अर्थबजार, बाँके, समाचार

सञ्चालन भए सार्वजनिक यातायात

नेपालगन्ज–बाँकेमा कोरोना भाइरस महामारीका कारण छ महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालन भएका छन् ।गत चैत महीनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आएका हुन् । ‘आजदेखि बस सञ्चालन शुरु भएको छ । आज क्यू फ्रि छ मान्छे आए आजै ८÷१० वटा गाडी सञ्चालन हुन्छन’्,उहाँले भन्नुभयो, बसपार्कमा टिकट काउन्टर सबै खुलिसकेको छ, आजैदेखि गाडी नियमित सञ्चालन हुन्छन् ।’ नेपालगञ्ज बसपार्कमा आज विहानैदेखि यातायात व्यवसायी, कर्मचारी, मजदुर र यात्रुहरुको चहलपहल बढेको छ । लामो दुरी तथा अन्तरजिल्लाको लागि आजैदेखि बस सञ्चालनमा आएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव एवम् भेरी बस व्यवसायी प्रा.लि.का अध्यक्ष डेकनाथ गौतमले जानकारी दिनुभयो । नेअपालग...
घुससहित उद्योग अधिकृत ओली पक्राउ
Home top, अर्थबजार, बाँके, समाचार

घुससहित उद्योग अधिकृत ओली पक्राउ

–हाम्रो समाचार–नेपालगन्ज । ९६ हजार ३ सय घुससहित घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग ठेक्काको लाईसेन्स बनाईदिने बाहनामा घुस लिने क्रममा ओलीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । घटनास्थलको मुचुल्का गरि आवश्यक अनुसन्धानको लागि अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । ...