नेपालगन्ज–१२ मा बिरासत फर्काउने दाउमा एमाले
–लुम्बिनी लाईभ–
नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा नेकपा एमालेले विगतको विरासत फिर्ता लिने गरी चुनावी अभियान अगाडि बढाएको छ ।
२०५४ मा साविक वडा नं. १६ हुँदा नेकपा एमालेको कब्जा रहेको यो वडा ५ वर्ष अघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले भित्रको आन्तरिक किचलोका कारण कांग्रेसले बाजी मारेको थियो । तर ५ वर्षभित्रै परिस्थिति बदलिएको छ । अहिले नेकपा एमालेले जित हासिल गर्ने स्थानीय अगुवा देवदत्त ढकाल बताउनुहुन्छ ।
ढकाल २०७४ सालको निर्वाचनमा अध्यक्षको उम्मेदवार समेत हुनुहुन्थ्यो । अहिले नेपालगन्ज १२ मा एमाले एकमना एकताका साथ चुनावी अभियानमा लागेका कारण पुरानो विरासत फिर्ता हुने उहाँको भनाई छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का उम्मेदवारले निरन्तर घरदैलो गरिरहेका छन् । वडाध्यक्षका उम्मेदवार हेमराज गौतम (हरि), सदस्यहरु इतादेवी अर्याल शर्मा, प्रदीपकुमार सापकोटा, प्रमात...