बर्दियामा कोरोनाविरुद्धको लडाईमा गैरसरकारी संस्थाको सहयोग
बर्दिया–बर्दियामा कोरोना संक्रमण रोकथामको लागि प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले बर्दियामा कार्यरत गैर सरकारी संस्था मार्फत ठलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँके, बि ग्रुप बाँके र थारु महिला उत्थान केन्द्र बर्दिया मार्फत प्लान इन्टरनेशनलले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।जिल्ला प्रशासन कार्यालयमा आयोजित एक समारोहमा सो सामाग्रीलाई स्याकका अध्यक्ष शिवलाल पाण्डे, थारु महिला उत्थान केन्द्र प्रिमा थारु, बि ग्रुप.बाँकेका दिनेश चौधरी र प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका बाल संरक्षण बिज्ञ दुर्गा क्षेत्रीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुनारलाई हस्तान्तरण गर्नुभएको थियो ।
उपलब्ध गराईएका सामाग्रीह...