ज्ञानज्योति सामुदायिक वनमा वृक्षारोपण

अन्य कृषि समाचार

दाङ । दाङको घोराही–८, सौरि स्थित ज्ञानज्योति सामुदायिक वनमा ग्रिन फाउण्डेशन नेपाल, स्थानीय वन महासंघ घोराही र डिभिजन वन कार्यालय घोराहीको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।

कार्यक्रम सामुदायिक वनका अध्यक्ष बालगोबिन्द चौधरीको अध्यक्षता एवम् स्थानीय वन महासंघ घोराहीका अध्यक्ष शोभाराम चौधरी प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि शोभाराम चौधरीले सामुदायिक वन संरक्षण हाम्रो दायित्व मात्र नभइ भविष्यको लगानी रहेको बताए । उनले वन क्षेत्रको दिगोपनामा स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको बताए । वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न र समुदायमा हरियालीको महत्व बुझाउन मद्दत गरेको चौधरीले बताए ।

त्यस्तै ग्रिन फाउण्डेशन नेपालका कार्यक्रम अधिकृत एवं अतिथी अर्विन पौडेलले वृक्षारोपण कार्यक्रमहरूले जैविक विविधता जोगाउने, जलवायु परिवर्तन न्यूनीकरण गर्ने र हरियाली विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

कार्यक्रममा ग्रिन फाउण्डेशन नेपाल दाङका कार्यक्रम संयोजक दिपक परियार, गाउँ मतवा दुर्गा चौधरी, शिर प्रसाद चौधरी लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो। दुई सय जना स्थानीय उपभोक्ताको सहभागितामा हजार वटा अमला, टिक, मसला र खयर प्रजातिका बिरुवा रोपिएको र बिरुवा डिभिजन वन कार्यालय घोराहीले उपलब्ध गराएको थियो ।

कार्यक्रमको सहजीकरण ग्रिन फाउण्डेशन नेपालका वजार व्यवस्थापक ओद बहादुर भण्डारी (गणेश)ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *