लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा आजदेखि तुलसीपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव २०८२ सुरु भएको छ ।
श्री सिद्ध रत्ननाथ मन्दिरमा बहुउद्देश्यीय हल निर्माणका लागि मन्दिर प्राङ्गणमा आयोजना गरिएको सप्ताह महा-महोत्सवको तुलसीपुर उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले बहुउद्देश्यीय सभाहल निर्माण जस्तो पवित्र धार्मिक अनुष्ठान, शृङ्गारिक महा-आरति धर्म जागरण सप्ताह महा- महोत्सवलाई उदेश्य र लक्ष्य अनुरुप सार्थक र परिणाममुखी बनाउनु पर्ने बताए । धर्मको रक्षार्थ धर्म जागरणका लागि यस्ता अनुष्ठानको महत्वपूर्ण भुमिका छ,फेरि यो पवित्र उदेश्य राखेर आयोजना गरिएको अनुष्ठान हो यसर्थ सबै दिब्यजनमा आ-आफ्नो क्षमता अनुसार सक्दो दान मार्फत पुण्य कार्यमा सहभागी हुन आग्रह गरे ।
महोत्सवका मुख्य आकर्षण, प्रमुख कथा बाचक पन्डित जीवन न्यौपाने शास्त्रीको मुखारबिन्दु बाट शुभ आशिर्वाद तथा दिब्य वाणीबाट सुरु भएको धर्म जागरण सप्ताहमा तुलसिपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका सल्लाहकार, तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष नारायण प्रसाद शर्मा, तुलसीपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका सह अध्यक्ष यमुना शाह, जेष्ठ नागरिक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी लगाएतले शुभभाव राखेका थिए।
तुलसीपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका मुल समारोहका संयोजक पुर्ण प्रसाद धितालको अध्यक्ष तथा सह अध्यक्ष गोकर्ण गिरीको स्वागत रहेको कार्यक्रममा दुर्गा प्रसाद भुसालले स्वागत गान प्रस्तुत गरेका थिए।
तुलसीपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवका वरिष्ठ सल्लाहकार मान बहादुर डाँगीले धन्यवाद तथा आभार प्रकट गरेको कार्यक्रमको संचालन महामहोत्सव मुल समारोहका सचिब लक्ष्मण बस्नेतले गरेका थिए। महा-महोत्सवको उद्घाटन पुर्व शोभा यात्राले तुलसीपुर बजारका विभिन्न भुभागको परिक्रमा गरिएको थियो ।
