नेपालगन्ज। आठौ जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले बाँकेको नयाँ नेतृत्वले बुधवार जिल्लाका आठवटै पालिका कमिटी नेतृत्वसँग अन्तक्र्रिया गरेको छ ।
आगामी स्थानीय तह निर्वाचनको तयारी सँगै भूगोलमा पार्टीको संगठनको अवस्था बुझ्न पालिका स्तरीय कमिटीका अध्यक्ष र सचिवसहित अन्तक्र्रिया गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यसहित जिल्ला कमिटीका पदाधिकारीले पालिका कमिटीका अध्यक्ष र सचिव सम्मिलित बैठकमा संगठन सुदृढिकरणको अवस्था र अवको कार्यनीतिका वारेमा छलफल भएको थियो ।
बैठकमा प्रत्येक पालिकाबाट पार्टीको बर्तमान अवस्था लगायतका विषयमा विस्तृत छलफल भएको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । बैठकमा कोभिड रोकथाम र नियन्त्रणका सम्वन्धमा पार्टीले जिल्लादेखि वडा र टोल सम्म खेल्नुपर्ने भूमिका लगायतका विषयमा पनि महत्वपूर्ण छलफल भएको उपसचिव दिपक बर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बैठकमा हालै सम्पन्न आठौं जिल्ला अधिवेशनको विषयमा समेत समीक्षा भएको थियो ।