Lumbini Live

Follow Us:

खजुरा आइसोलेशन केन्द्रलाई मिलापद्वारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । मिलाप नेपालगन्जले बाँकेको खजुरा गाउँपालिकास्थि आइसोलेसन केन्द्रलाई कोरोना भाइरस संक्रमण रोकथामको लागि अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।


मिलाप नेपालगन्जले सञ्चालन गरेको कोभिड १९ दोस्रो लहर प्रतिकार्य परियोजना अन्तर्गत स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।


वेड सिट ४० पिस, इक्जामिनेशन ग्लोब्स३५ प्याकेट, सर्जिकल मास्क४० प्याकेट,हेण्ड सेनिटाइजर ५ सय एमएलका १० बोतल, फेस सिल्ड ५ सय पिस र कभरसहितका सिरानी ४० पिस गरी करिव रु. १ लाख बराबरको सामग्री प्रदान गरिएको परियोजना संयोजक प्रेमा रेग्मीले जानकारी दिनुभयो ।


शुक्रवार आइसोलेशन केन्द्रमा आयोजित एक समारोहमा संस्थाकी अध्यक्ष अमृता सुनारले खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै खजुरा गाउँपालिका वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल लगायतले आइसोलेशन केन्द्रलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा मिलाप संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मिलापले बाँकेको जानकी गाउँपालिकामा स्वास्थ्य प्रवद्र्धनको लागि सामुदायिक स्वास्थ्य विकास (सिएचडी) परियोजना सञ्चालन गर्दै आएको छ । परियोजना अन्तर्गत कोभिड महामारी रोकथामको लागि गाउँपालिकामा रहेका ६ वटै स्वास्थ्य चौकीमा अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको परियोजना सुपरभाइजर सिर्जना गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्