Lumbini Live

Follow Us:

स्थानीय तहको पाठ्यक्रम निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन्न

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-


गुलरिया । बर्दिया जिल्लाका ६ वटा स्थानीय तह ठाकुरबाबा, बारबर्दिया,राजापुर,गुलरिया,मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षाका सरोकारवाला निकायहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण गोष्ठी गुलरियामा सम्पन्न भएको छ ।


दुइ दिनसम्म संचालन भएको अभिमखिकरणमा सहभागी पालीकाहरुले हालसम्म निर्माण गरेका स्थानीय पाठ्यक्रमको अबस्थाबारे पालीकास्तरको अन्तक्र्रिया समेत गरिएको छ । गोष्ठीमा पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको बारेमा छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुति गरिएको छ ।


गोष्ठीमा स्थानीय तहले गरेका असल अभ्यासहरुलाई सिकाइ आदान प्रदान गर्नुका साथै सहभागी पालीकाहरुले स्थानीय पाठ्यक्रम निर्माण र परिमार्जन सहित स्विकृतिका लागि मधुवन नगरपालिकाले पौषमसान्त भित्र, गुलरियाले चैत मसान्त भित्र,राजपुरले बैशाख मसान्त भित्र,गेरुवा गाउँपालिकाले जेष्ठ पहिलो साता र अन्य दुइ पालीका बारबर्दिया र ठाकुरबाबा नगरपालिकाले परिमार्जन सहित स्विकृती हुने गरि कार्ययोजना निर्माण गरिएको छ ।

अभिमुखिकरण गोष्ठीमा पूर्व उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका जीतबहादुर शाहले सहजिकरण गर्नुभएको थियो । ६ वटा स्थानीयतहको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण गोष्ठीमा शिक्षा शाखा प्रमुख,शिक्षा समितीका पदाधिकारी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका १८ जना पदाधिकारीहरुको सहभागिता रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्