Lumbini Live

Follow Us:

वडाध्यक्ष वर्मालाई टोलवासीको सम्मान

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मालाई शनिबार सम्मान गरिएको छ । वडाको तेजनगर टोलबासीले विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शनिबार औपचारिक कार्यक्रम गरि अध्यक्ष वर्मालाई सम्मान गरेका हुन । चालु आवमा तेजनगरमा वडा अध्यक्ष वर्माको पहलमा दुईवटा सडक पिसिसी भएको छ भने पक्कि नाला सहित ८० मिटर सडक कालोपत्रे सम्पन्न भएको छ । यसैगरी सोही टोलमा एकसाताभित्रै हाईमास्ट लाईट जडान गर्ने तयारीमा रहेको वडा अध्यक्ष वर्माले जानकारी दिनुभयो ।

सोही टोलमा गतवर्ष ५० लाखको लागतमा नाली सहितको कालोपत्रे सडक निर्माण सम्पन्न भएको थियो । चालु आवमा तेजनगर टोलमा पक्कि नाला सहित सडक स्तरउन्नती, विद्युतका पोलमा स्टीटलाईट जडान तथा जेष्ठ नागरिक र योगका लागि समेत वजेट विनियोजन भएको छ । टोलबासीबाट सम्मान पाएपछि वडा अध्यक्ष वर्माले वडाको पुरानो मध्येको तेजनगर टोलमा थप विकास निर्माणका योजना ल्याउन आफु प्रयासरत रहेको बताउनुभयो ।

टोल विकास समितिका अध्यक्ष सुर्य केसीले तेजनगरमा पछिल्ला वर्षमा विकास निर्माणका योजना कार्यान्वयन हुन थालेपछि टोलबासी उत्साहित भएको भन्दै थप विकास निर्माणका लागि आग्रह गर्नुभयो । कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायतको सहभागिता थियो । वडा अध्यक्ष वर्माले वडाका सबै टोलमा विकास निर्माणका काम तिव्ररुपमा अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्