नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई आज नेपालगन्जमा भव्य स्वागत गरिएको छ ।
नेकपा (एमाले)को चितवनमा सम्पन्न १० आंै महाधिवेशनबाट महासचिवको जिम्मेवारी पाए पश्चात पहिलो पटक गृहजिल्ला दाङ जानेक्रममा बाँके पुग्नु भएका महासचिव पोखरेललाई नेपालगन्ज विमानस्थलमा नेकपा एमाले बाँकेको तर्फबाट स्वागत सत्कार गरिएको थियो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य एवम् बाँके सह इन्चार्ज शान्ति ढकाल, जिल्ला अध्यक्ष निरक गुरुङ, प्रदेश कमिटी सदस्य पदम धिताल, रविन्द्र लम्साल लगायत जिल्ला नेताहरुले महासचिव पोखरेललाई स्वागत गर्नुभएको थियो ।

महासचिव पोखरेलले नेकपा (एमाले) राप्तीसोनारी गाउँपालिका कमिटीको बैठकलाई सम्वोधन गर्नुभएको छ । सो अवसरमा उहाँले जिल्ला अधिवेशनको तयारीसँगै आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउने लक्ष्यका साथ संगठन सुदृढिकरणमा लाग्न निर्देशन दिनुभयो ।

गाउँपालिका कमिटी अध्यक्ष मनोज केसीको अध्यक्षतामा कुसुममा सम्पन्न भएको बैठकले सदस्यता नविकरण (नविकरण छुटेका) पुस १० गते भित्र पार्टी कार्यलयमा गई नविकरण गर्ने, बाँकी रहेका टोल कमिटी पुस २० गते भित्र गठन गरि सक्ने, ३ जनवर्गीय संगठन पुस १२ गते भित्र पालिकास्तरीय अधिवेशन गरिसक्ने, पार्टी प्रवेश अभियानलाई तिव्र बनाउने लगायतका निर्णय गरेको छ ।

वैठकमा ,९ वटै वडाका वडाअध्यक्षले रिपोर्टिङ गर्नु भएको थियोे । बैठकमा एमाले केन्द्रीय सदस्य एवम् बाँके ईन्चार्ज सूर्य ढकाल, सह ईज्चार्ज दिपा शर्मा, प्रदेश कमिटीका सदस्य प्रेम भुषाल, रामदास थारु,गोपल गिरि,रविन्द लम्साल,तुलसीराम थारु,, आरती पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य खेमराज शर्मा ,लगायतले बोल्न भएको अध्यक्ष मनोज केसीले बताउनुभयो।
बैठकको सञ्चालन सुधा थारु र स्वागत मदन वलीले गर्नु भएको थियोे ।
