Lumbini Live

Follow Us:

आगलागी पीडित गरिवलाललाई एमालेको राहत

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका आगलागी पीडित गरिवलाल थारुलाई नेकपा एमालेले राहत प्रदान गरेको छ ।

बिनौनाको जुटपानी गाउँमा केही दिन अगाडि आगलागी भई गरिबलाल थारुको घर गोठ,अन्नबाली सबै नष्ट भएकोले पीडितलाई तत्कालको लागि राहत स्वरुप चामल, दाल, नुन, तेल, लत्ता कपडा र रु. ५ हजार ५०० नगद नेकपा एमालेको तर्फबाट प्रदान गरिएको नेकपा एमाले राप्तीसोनारी गाउँपालिका अध्यक्ष मनोज केसीले जानकारी
दिनुभयो ।

एमाले केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालले पीडित थारुलाई राहत प्रदान गर्नुभएको थियो । सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य रामदास थारु, क्षेत्र नं. १ का अध्यक्ष एवम् जिल्ला कमिटी सचिवालय सदस्य बलराम भट्टराई, गाउँपालिका अध्यक्ष मनोज केसी, राष्टिय युवा संघका केन्द्रीय स्थायी कमिटी सदस्य खेम शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्