नेपालगन्ज । नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाँकेबाट अशोक कर्माचार्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी बाँकेमा तीन कार्यकाल पार्टी काम गरिसक्नु भएका कर्माचार्य नेकपा एमालेमा अविछिन्न क्रियाशिल व्यक्तित्वका रुपमा रहनुभएको छ।

नेकपा विभाजनको बेला संस्थापन पक्षमा खुलेर लाग्नु भएका कर्माचार्यले अन्यौलपूर्ण अवस्थामा एमाले बाँकेलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर साढे चार दशक लामो सक्रिय राजनीतिमा रहनुभएका कर्माचार्यसँगै पाटी काम गरेका सहकर्मी अहिले पार्टीको केन्द्रीय पदाधिकारी भईसकेका छन् ।
मोफसलमा रहेर जनवादी गित संगीत मार्फत जनता जगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कर्मचार्यले पार्टीको दशौँ महाधिवेशनमा अहिले आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने बताउनुभएको छ ।
पटक पटक जेलनेल र हिरासतको यातना भोग्दै चितवन, नवलपरासी हुँदै हाल बाँके नेपालगन्जलाई आफ्नो राजनीतिक कर्मथलो बनाउनु भएका गर्विलो इतिहास र दर्बिलो वर्तमानमा बाँचिरहनु भएका कर्माचार्यसँग लामो अनुभव छ ।
बाँके जिल्लामा पार्टी संगठन सुदृढिकरण गर्दै स्थानीय, तथा प्रदेश र केन्द्रका संसदिय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाई बाँके जिल्लालाई लाल किल्ला बनाउने अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्न आफु केन्द्रीय कमिटी सदस्यमा उम्मेदवार घोषणा गरेको उहाँले बताउनुभयो ।
