Lumbini Live

Follow Us:

संगठन विस्तारमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज–नेकपा एमाले निकट उद्योगी व्यापारीको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाँके संगठन विस्तारमा लागेको छ ।

जिल्लाका सबै स्थानीय तहमा महासंघको संगठन विस्तार गर्ने गरी कार्यक्रमहरु गदैआएको छ । खजुरामा गाउँपालिकास्तरीय महासंघ गठन गरेको संगठनले आईतवार नेपालगन्ज उपमहानगरपालिकास्तरीय महासंघ गठन गरेको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेपालगन्ज उपमहानगरपालिकास्तरीय उद्योगी व्यवसायीहरुको भेलाबाट निर्विरोध रुपमा अध्यक्षमा बुद्धिबहादुर दियाली, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र जोशी , उपाध्यक्षहरु बिष्णु श्रेष्ठ, रुक्मिणी भारती, सरला कुमारी बिष्ट, बैवीकुमारी मण्डल, सचिवमा प्रदिप सापकोटा, सह–सचिवमा भुपेन्द्रप्रकाश अधिकारी, कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रमनाथ ढकाल र सह–कोषाध्यक्षमा प्रतिमा लम्साल लगायत ४१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गठन गर्नेक्रममा आज नेपालगन्ज उपमहानगरपालिकास्तरीय उद्योगी व्यवसायी भेला आयोजना गरिएको संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । खजुरा गाउँपालिका स्तरीय महासंघ गठन भईसकेको र अन्य स्थानीय तहमा पनि महासंघ गठनको तयारी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै महासंघ बाँकेका उपाध्यक्ष सञ्जय अग्रवालले जिल्लाका आठवटै स्थानीय तहमा छिटै महासंघ गठन गरिने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश सह संयोजक भाष्कर काफ्लेको प्रमुख आतिथ्यतामा भएकोे भेलामा नेकपा एमालेका नेता संविधानसभा सदस्य देवराज भार, नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव दुर्गा थारु, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, एमाले प्रदेश कमिटी सदस्य सूर्य ढकाल, विजया धिताल, नरेन्द शर्मा, एमाले बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपति सचिव,रत्न खत्री, एमाले बाँके क्षेत्र नं. २ का संयोजक अशोक कर्माचार्य, नगर अध्यक्ष दत्तप्रसाद आचार्य लगायतका नेताहरु अतिथि रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्